शुक्रबार, कार्तिक ७, २०८३
Friday, October 23, 2026
Home Featured News बूढीगण्डकी बाढीका कारण उत्तरी गाेरखाका झन्डै ५ हजार घरधुरी विद्युत् सेवाबाट वञ्चित

बूढीगण्डकी बाढीका कारण उत्तरी गाेरखाका झन्डै ५ हजार घरधुरी विद्युत् सेवाबाट वञ्चित

by sambridhaonline

असोज २६ , पोखरा – बूढीगण्डकी नदीमा हिजो आएको बाढीका कारण उत्तरी गोरखाका झन्डै पाँच हजार घरधुरी विद्युत् सेवाबाट वञ्चित भएका छन् । बाढीले सिर्दिबास–उहिया लघुजलविद्युत् आयोजनामा क्षति पुर्‍याएपछि चुमनुब्री गाउँपालिकाका विभिन्न १६ वटा गाउँका ९७१ घरधुरी अन्धकार बनेका हुन् । बाढीले विद्युत‍्का पोल, टावर र तारहरू बगाएको छ ।

त्यसैगरी विद्युत् प्राधिकरणको आरुघाटमा रहेकाे वितरण केन्द्रमा बाढीले क्षति पुर्‍याउँदा धार्चे गाउँपालिकाका सात वटै वडाका झन्डै चार हजार घरधुरी र आरुघाट गाउँपालिकाका ५० घरधुरीमा समेत बिजुली ठप्प भएको छ । विद्युत्, इन्टरनेट र सडक सम्पर्क टुटेका कारण गाउँपालिकाका प्रशासनिक कामकाज ठप्प हुनुका साथै सर्वसाधारणको जनजीवन निकै कष्टकर बनेको छ । बाढीले बाटो र पुलहरू समेत बगाएकाले एक गाउँबाट अर्को गाउँ पुग्न सक्ने अवस्था समेत नरहेको स्थानीयवासीले बताएका छन् ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline