शुक्रबार, कार्तिक ७, २०८३
Friday, October 23, 2026
Home Featured News गाडीको दर्ता र नामसारीका लागि अब खरिदकर्ता यातायात कार्यालय जानु नपर्ने

गाडीको दर्ता र नामसारीका लागि अब खरिदकर्ता यातायात कार्यालय जानु नपर्ने

by sambridhaonline

असोज २६, पोखरा – नयाँ तथा पुराना गाडी खरिद गर्दा खरिदकर्ता यातायात व्यवस्था कार्यालयमा अनिवार्य रूपमा उपस्थित हुनुपर्ने व्यवस्थालाई हटाइएको छ । विभागले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० मा संशोधन गर्दै गाडी दर्ता, नामसारी र बीमासम्बन्धी प्रक्रियालाई सहज बनाएको हो । विभागका अनुसार पछिल्लो निर्णयअनुसार निर्देशिकामा केही प्रावधान संशोधन गरिएको छ । संशोधित व्यवस्थाअनुसार निजी तथा सार्वजनिक गाडीको पहिलो नामसारी गर्दा डिलरले यातायात व्यवस्था कार्यालयमा गरेको जाँचलाई नै मान्यता दिइनेछ ।

त्यसका लागि पुनः यातायात व्यवस्था कार्यालयमा उपस्थित भएर गाडी जाँच गराउनुपर्ने छैन । त्यस्तै, गाडी खरिदकर्ता स्वयं कार्यालयमा उपस्थित नभए पनि आवश्यक कागजातसहित प्रतिनिधि उपस्थित गराएर दर्ता तथा नामसारी गर्न सकिने व्यवस्था गरिएको छ । यस्ता साधन बिक्री गर्ने डिलरले खरिदकर्ताको वारेसनामा, वारेसनामा प्राप्त व्यक्तिको नेपाल सरकारबाट जारी सक्कल परिचयपत्र र खरिदकर्ताको फोटोसहित प्रतिनिधि उपस्थित भएमा दर्ता तथा नामसारीको प्रक्रिया पूरा गर्नुपर्नेछ । नयाँ व्यवस्थाअनुसार गाडीको बीमा गर्न वा बीमा नवीकरण गर्नसमेत गाडी धनी यातायात व्यवस्था कार्यालयमा उपस्थित हुनुपर्ने छैन । यातायात व्यवस्था विभागका निर्देशक मणिराम भुसालले संशोधित व्यवस्थाअनुसार कार्यान्वयन गर्न सम्बन्धित सबैलाई सूचित गर्नुभएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline