शुक्रबार, कार्तिक ७, २०८३
Friday, October 23, 2026
Home Featured News स्याङ्जामा ४७ वर्षीय पुरुष मृत फेला

स्याङ्जामा ४७ वर्षीय पुरुष मृत फेला

by sambridhaonline

असोज ३१, पोखरा – स्याङ्जामा ४७ वर्षीय एक पुरुष मृत अवस्थामा फेला परेका छन् । यहाँको अर्जुनचौपारी गाउँपालिका–४ खेवाङमा ४७ वर्षीय नारायण परियार मृत फेला परेका हुन् ।घरदेखि करिब ८०० मिटर टाढा रहेको गोरेटो बाटोभन्दा तीन मिटर तल शुक्रबार मृत अवस्थामा फेला परेका हुन् ।जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीका अनुसार परियार बिहीबार साँझ दाजुको घरबाट कसैलाई नसोधी निस्किएका थिए । उनी घर नफर्किएपछि खोजतलास गर्ने क्रममा शुक्रबार बिहान मृत अवस्थामा भेटिएका हुन् ।

प्रहरीले घटनास्थलको जाँच तथा मुचुल्का तयार गरेपछि शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल स्याङ्जा पठाएको अवस्थीले जानकारी दिनुभयो । घटनाको कारण खुल्न नसकेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline