बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News अमृत जोशी प्रतिष्ठानले बाँड्यो न्यानो कपडा र शैक्षिक सामाग्रि

अमृत जोशी प्रतिष्ठानले बाँड्यो न्यानो कपडा र शैक्षिक सामाग्रि

by sambridhaonline

 

पर्वतका निष्ठावान नेता, आर्दश व्यक्तित्व एवम् प्रजातन्त्र सेनानी स्वर्गिय अमृतप्रसाद जोशीको १६औं स्मृति दिवस वालवालिकालाई न्यानो कपडा, शैक्षिक सामाग्री वितरण लगायत विभिन्न कार्यक्रम सहित सम्पन्न भएको छ । पर्वतको इतिहासमा सवैभन्दा लामो अवधी जिल्ला सभापति रहनु भएका विकासप्रेमी, निष्ठावान नेता स्वर्गिय अमृतप्रसाद जोशी जन्मेको थलो कुश्मा नगरपालिका वडा नं. २ लाम्पाटा खुर्कोटमा सो कार्यक्रम आयोजना गरिएको हो ।

स्मृति दिवसको अवसरमा आयोजित न्यानो कपडा तथा शैक्षिक सामाग्री वितरण कार्यक्रममा प्रमुख अतिथिको आसनवाट वोल्नु हुँदै प्रतिष्ठानका प्रमुख संरक्षक एवम् संविधान सभा सदस्य अर्जुनप्रसाद जोशीले आफ्ना पिताजीले पर्वतको विकास एवम् प्रजातन्त्रको रक्षाको लागि लामो समय त्याग गर्नु भएको भन्दै उहाँको प्रेरणाले आँफू सँधै जनताप्रति वफादारी र कर्तव्यप्रति निष्ठावान रहेको वताउनु भयो । उहाँले आँफु तीन/तीन पटक सांसद हुँदा जनताको लागि के कति गरें त्यो त थाहा छैन तर जति गरेको छु इमान्दारिताका साथ गरेको वताउनु हुँदै विकास र समृद्धीको लागि सवै मिलेर अगाडी वढनुको विकल्प नरहेको वताउनु भयो ।

कार्यक्रममा गण्डकी प्रदेशका सहमहामन्त्री एवम् कुश्मा नगरप्रमुख रामचन्द्र जोशी, नेपाली कांग्रेस पर्वतका सभापति युवराज जोशी, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोट, प्रतिष्ठानका संस्थापक अध्यक्ष लोकनाथ आचार्य, अमरटिका प्रतिष्ठान नेपालका अध्यक्ष विश्व प्रकाश प्रसाई, नेपाली कांग्रेसका जिल्ला सचिव गुप्तनिधी शर्मा, जलजला गाँउपालिका अध्यक्ष राजुप्रसाद आचार्य, उपाध्यक्ष दिपक आचार्य, प्रतिष्ठानका संस्थापक उपाध्यक्ष वसन्तवहादुर सि.के., नेपाली कांग्रेस कुनपा २ का सभापति तिर्थप्रसाद शर्मा, नेकपा एमालेका मिन वहादुर रेग्मी, नेकपा माओवादीका गोविन्द नेपाली लगायतले श्रद्धान्जली मन्तव्य राख्नु भएको थियो । यसै गरी श्रद्धान्जली मन्तव्य व्यक्त गर्नु हुनेमा गुप्तेश्वर वहुमुखी क्याम्पसका अध्यक्ष वसन्तकुमार कर्मचार्य, स्थानीय समाजसेवा हरिप्रसाद शर्मा, द्रणराज पौडेल लगायतले अमृत प्रसाद जोशीको योगदानको वारेमा चर्चा गर्दै श्रद्धान्जली अर्पण गर्नुभएको थियो ।

कार्यक्रममा खुर्कोट स्थित कालिका माध्यामिक विद्यालय लगायत कुनपा दुई खुर्कोटका विभिन्न विद्यालयका छात्रछात्राहरुलाई न्यानो कपडा र स्टेशनरी सामाग्री वितरण गरिनुको साथै विभिन्न व्यक्तित्वलाई सम्मान समेत गरिएको थियो । स्मृतिसभा प्रतिष्ठानका अध्यक्ष गंगाधर तिवारीको अध्यक्षता, उपाध्यक्ष मानकुमारी गिरीको स्वागत एवम् सचिव माधव पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline