मङ्लबार, फाल्गुन ६, २०८१
Tuesday, February 18, 2025
Home Featured News गुजरातबाट टीकापुर आउँदै गरेको बस दुर्घटना, चार नेपालीको दु:खद मृत्यु

गुजरातबाट टीकापुर आउँदै गरेको बस दुर्घटना, चार नेपालीको दु:खद मृत्यु

by sambridhaonline

धनगढी — भारतको गुजरातबाट कैलालीको टीकापुरतर्फ आउँदै गरेको बस आइतबार राति भारतको लखनउ नजिकै उन्नाउ भन्ने ठाउँमा दुर्घटना भएको छ । प्रारम्भिक जानकारीअनुसार बसमा यात्रारत ४ जना नेपालीको मृत्यु भएको छ ।

 

बसमै यात्रारत टीकापुरका स्थानीय स्थानीय भुपेन्द्र साउदका अनुसार चार जनाको मृत्यु भएको छ र उनीहरुको परिचय खुलेको छैन । बसमा सवार अन्य केही घाइते भएका छन् । बसमा ६६ जना यात्रु रहेको खबर आएको छ ।

लखनउदेखि ३० किलोमिटर अगाडि बस दुर्घटना भएको हो । उक्त बस अर्को बससँग ठोक्किएर दुर्घटना भएको साउदले बताए । बसको नम्बर खुल्न सकेको छैन । टीकापुरबाट भारतको गुजरात, सुरत लगायतका क्षेत्रबाट नेपालीहरुलाई ओहोरदोहोर गर्न भारतीय बसहरु सञ्चालन हुने गरेका छन् । तर उनीहरु स्वेच्छिक रुपमा सञ्चालन हुन्छन् । सुदूरपश्चिम बस व्यवसायी समिति धनगढी काउन्टरका प्रतिनिधिले समितिसँग त्यसरी भारतबाट सञ्चालन हुने बस यातायातबारे कुनै जानकारी नभएको र जवाफदेही पनि नहुने बताएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वेदप्रकाश जोशीले घटनाबारे अनौपचारिक जानकारी आएको भएपनि यथार्थ थाहा नभएको र बुझ्ने कार्य भइरहेको बताए । यसरी सञ्चालन हुने बस सेवाबारे आफूहरुलाई जानकारी पनि नहुने उनको भनाइ छ । उनले भने, ‘दुर्घटना भयो भन्ने समाचार आएको छ । तर उता (भारततर्फ) बाट आधिकारिक केही खबर आएको छैन ।’

स्थानीयका अनुसार यसरी भारत ओहोरदोहोर गर्ने बसहरु यहाँका समिति तथा बस व्यवसायीहरु आवद्ध हुँदैनन् । नेपाली बसहरु पनि त्यसरी सञ्चालन हुँदैनन् । यहाँका स्थानीय युवाहरुले यात्री खोज्ने र पठाउने चाँजोपाँजो गर्ने गर्छन् र उनीहरुहरुले त्यस बापत निश्चित प्रतिशत पारिश्रमिक पाउने गर्दछन् । प्रहरीका अनुसार यसरी सञ्चालन हुने बस व्यवसाय अवैध हो ।

कान्तिपुर पब्लिकेशन्स्बाट साभारगरिएको

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
पोखरा–१७, ड्यामसाईड ।

प्रवन्ध निर्देशकः

वि.पी. प्रसाई

व्यवस्थापकद्वयः

लक्ष्मी कुमारी मेधासी प्रसाई,
सावित्री खत्री क्षेत्री लामिछाने

कार्यकारी सम्पादकः

उत्तम प्रसाद अधिकारी

सम्पादकः

रविन कार्की  

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline