आइतवार, चैत्र २, २०८१
Sunday, March 16, 2025
Home Featured News १ वर्षभित्रमा प्रत्येक नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गरिने

१ वर्षभित्रमा प्रत्येक नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गरिने

by sambridhaonline

काठमाडौँ — सरकारले एक वर्षभित्र सबै नेपाली नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने प्रतिबद्धता जनाएको छ । सत्तारुढ दलहरूको न्यनूतम साझा कार्यक्रममा १ वर्षभित्र सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गरिने उल्लेख गरिएको हो ।

सत्ता गठबन्धनको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सबै नेपालीलाई १ वर्षभित्र राष्ट्रिय परिचयपत्र गरिसक्ने बताएका हुन् ।

सत्तारुढ दलले १ वर्षभित्र सबैले राष्ट्रिय परिचयपत्र पाइसक्ने दाबी गरे पनि सर्वसाधारण भने लामो लाइनमा बस्न बाध्य छन् । नयाँ राहदानीका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरेपछि कैयौं सेवाग्राही सास्ती भोग्न बाध्य छन् । नारायणहिटी दरबार परिसर (साबिकको राहदानी विभाग), ललितपुर र काठमाडौं जिल्ला प्रशासन कार्यालय तथा सिंहदरबारका कर्मचारीका लागि गृह मन्त्रालयस्थित विभागको कार्यालयमा घण्टौं लाइन लाग्नुपर्ने अवस्था छ ।

यस्तै, सरकारले पूर्णता पाएको ६ महिनाभित्र नागरिकतासम्बन्धीको समस्या समाधान गर्ने बताए ।

कान्तिपुर पब्लिकेशन्स् बाट साभारगरिएको

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
पोखरा–१७, ड्यामसाईड ।

प्रवन्ध निर्देशकः

वि.पी. प्रसाई

व्यवस्थापकद्वयः

लक्ष्मी कुमारी मेधासी प्रसाई,
सावित्री खत्री क्षेत्री लामिछाने

कार्यकारी सम्पादकः

उत्तम प्रसाद अधिकारी

सम्पादकः

रविन कार्की  

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline