आइतवार, बैशाख १४, २०८२
Sunday, April 27, 2025
Home Featured News करिब १ लाख १६ हजार विद्यार्थीले पुरक परीक्षा दिन पाउने

करिब १ लाख १६ हजार विद्यार्थीले पुरक परीक्षा दिन पाउने

by sambridhaonline

१३ असार, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा, एसईई २०८० मा अनुत्तीर्ण हुने विद्यार्थीमध्ये १ लाख १५ हजार ८३४ जनाले पुरक परीक्षा दिन पाउने भएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले दुई विषय अनुत्तीर्ण (नन ग्रेड) विद्यार्थीलाई पुरक परीक्षा दिन पाउने व्यवस्था गरेको छ ।

साउन १८ र १९ गते यो वर्षको पुरक परीक्षा हुनेछ ।

राष्ट्रिय परीक्षा बोर्ड, कक्षा १० का अध्यक्ष महाश्रम शर्माले एक विषयमा पुरक परीक्षा दिन पाउने विद्यार्थीको संख्या ६७ हजार ७९३ रहेको बताए । त्यस्तै ४८ हजार ३८ हजारले दुई विषयको पुरक परीक्षा दिनेछन् ।

दुईभन्दा बढी विषयमा अनुत्तीर्ण हुने विद्यार्थीले भने आगामी चैतमा हुने परीक्षामा सोही विषयको मात्रै परीक्षा दिए पुग्नेछ ।

परीक्षामा सहभागी भएका ४ लाख ६४ हजार ७८५ जना विद्यार्थीमध्ये २ लाख ४२ हजार ३१३ जना विद्यार्थी अनुत्तीर्ण (नन ग्रेड) भएका छन् ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
पोखरा–१७, ड्यामसाईड ।

प्रवन्ध निर्देशकः

वि.पी. प्रसाई

व्यवस्थापकद्वयः

लक्ष्मी कुमारी मेधासी प्रसाई,
सावित्री खत्री क्षेत्री लामिछाने

कार्यकारी सम्पादकः

उत्तम प्रसाद अधिकारी

सम्पादकः

रविन कार्की  

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline