आइतवार, चैत्र २, २०८१
Sunday, March 16, 2025
Home Featured News फेरियो शाखा अधिकृत, नासु र खरिदारको पाठ्यक्रम, प्रथमपत्रको अंक नजोडिने

फेरियो शाखा अधिकृत, नासु र खरिदारको पाठ्यक्रम, प्रथमपत्रको अंक नजोडिने

by sambridhaonline

१० साउन, काठमाडौं । लोकसेवा आयोगले लिने लिखित परीक्षाको प्रारम्भिक चरणको प्रथम पत्र र पाठ्य योजनासम्बन्धी व्यवस्थामा परिवर्तन गरेको छ । शाखा अधिकृत, नायब सुब्बा र खरिदार तहको प्रथमपत्रमा अब उत्तीर्ण हुन मात्रै ४५ अंक ल्याउनुपर्ने भएको छ । हालसम्म ४० अंक ल्याए उत्तीर्ण हुने व्यवस्था थियो ।

लोकसेवा आयोगले आर्थिक २०८१/८२ को विज्ञापनदेखि लागु हुने गरी सार्वजनिक गरेको पाठ्यक्रममा अब १०० अंकको प्रारम्भिक चरणको परीक्षामा पास भएर दोस्रो चरणको लिखित परीक्षमा सहभागी हुन ४५ अंक ल्याउनैपर्ने व्यवस्था गरेको हो ।

पहिलो चरणको परीक्षामा १०० अंकको वस्तुगत प्रश्न सोधिन्छ । सो परीक्षामा अब न्युनतम् ४५ अंक नल्याएकाहरुले दोस्रो चरणको परीक्षमा सामेल नै हुन पाउने छैनन् ।

यसैगरी अब पहिलो पत्रमा प्राप्त भएको कूल प्राप्तांकको ५० प्रतिशत अंक दोस्रो पत्रको प्राप्ताङ्कमा जोडिने व्यवस्था पनि हटेको छ । अर्थात् अब प्रथम पत्रको परीक्षा ‘छनोट परीक्षा’का रुपमा मात्रै रहनेछ । दोस्रो पत्रमा पहिलो पत्र आएका आएको कुल अंकको आधा अंक जोडिने व्यवस्था हटेको हो ।

लिखित परीक्षाको प्रथम चरणमा प्रारम्भिक परीक्षा हुने र यो प्रारम्भिक परीक्षालाई छनोट परीक्षाको रुपमा मात्र लिई प्राप्तांकलाई मूल परीक्षाको अंकमा समावेश नगर्ने व्यवस्था गरिएको हो । प्रारम्भिक परीक्षाको उतीर्णांक पूर्णांकको ४५ प्रतिशत अर्थात ४५ अङ्क हुने व्यवस्था भएसँगै अब दुबै परीक्षा  फरक-फरक अस्तित्वमा रहनेछन् ।

लोकसेवा आयोगकी प्रवक्ता गीताकुमारी होमेगाइँ  तीन पदमा सुरुमा स्क्रिनिङ टेस्टको पाठ्य योजनामा परिवर्तन गरिएको बताउँछिन् । ‘स्क्रिनिङ टेस्टको नतिजाको ५० प्रतिशत अंक मूल परीक्षामा जोड्ने व्यवस्था थियो, अब नजोड्ने व्यवस्था गरेका छौं,’ उनले भनिन् ।

उनका अनुसार एउटा परीक्षाको नतिजालाई अर्को परीक्षाको नतिजासँग जोड्नु सान्दर्भिक नभएकाले एउटा परीक्षाले अर्को परीक्षालाई प्रभाव नपारोस् भन्ने उद्देश्य राखेर यस्तो व्यवस्था गरिएको हो ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
पोखरा–१७, ड्यामसाईड ।

प्रवन्ध निर्देशकः

वि.पी. प्रसाई

व्यवस्थापकद्वयः

लक्ष्मी कुमारी मेधासी प्रसाई,
सावित्री खत्री क्षेत्री लामिछाने

कार्यकारी सम्पादकः

उत्तम प्रसाद अधिकारी

सम्पादकः

रविन कार्की  

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline