बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home विकास पानी माग्दै ५८ दिनदेखि काठमाडौंमा धर्ना

पानी माग्दै ५८ दिनदेखि काठमाडौंमा धर्ना

by sambridhaonline

५ वर्षीया आशादेवी यादव एकदशक अघिसम्म १५ मिनेट टाढाको कलमा गएर पानी ल्याउँथिन्। बिहान-बेलुका ल्याएको दुई ग्रागी पानीले उनको चार जनाको परिवारको प्यास मेटिन्थ्यो।

२०७० अन्तिमतिर त्यहाँको मुहान सुक्दै गयो। त्यसपश्चात आशादेवीलाई दुई ग्रागी पानी ल्याउँन पौने घन्टा हिँड्नुपर्ने बाध्यता आइपर्‍यो।

पौने घन्टा टाढा पनि लामो लाइन पार गरेपछि मात्र उनले पानी भर्न पाउँछिन्।

‘पानी लिन घन्टौं समय लाग्ने भएपछि मेलापात जान पनि पाइनँ,’ उनले भनिन्, ‘जग्गा जमिन केही छैन, नदी किनारमा बस्दै आएका छौं, त्यही पनि पानीको अभावले मर्ने भयौं।’

धनुषा औरही गाउँपालिका वडा नम्बर १ की आशादेवीका परिवार वर्षौंदेखि नदी किनारमै बस्दै आएका छन्। उनले तीन सन्तान त्यहीँ बसेर हुर्काइन्। श्रीमान बितेकाले छोराहरूलाई पढाउन भने नसकेको उनी बताउँछिन्।

त्यही कथा सुनाउँन उनी २५ दिन हिँडेर जेठ १० गते काठमाडौं आइपुगेकी हुन्। उनीसँगै हिँडेर आएकी ४० वर्षीया ममिना खातुनको पीडा पनि उस्तै छ।

धनुषा मिथिला बिहारी नगरपालिका वडा नम्बर ८ की ममिना ५ वर्षदेखि आधा घन्टा हिँडेर पानी ल्याउँछिन्। त्यहाँ पनि घन्टौं लाइन बस्नुपर्ने बाध्यता उनले भोगेकी छन्।

उनका अनुसार गाउँका धनीमानी मानिसले दुई/तीन लाख खर्चिएर कल बनाएका छन्। कल नहुने वरपरका बासिन्दा कलधनीको घरमा लाइन बसेर पानी ल्याउँने गरेको खातुन बताउँछिन्।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline