बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News पुम्दीभुम्दीमा यात्रुवाहक बसमा आगलागी

पुम्दीभुम्दीमा यात्रुवाहक बसमा आगलागी

by sambridhaonline

बैशाख १ , पोखरा – पोखरा महानगरपालिका वडा नम्बर २२ पुम्दीभुम्दीको ठूलीबिडीमा सोमबार साँझ यात्रुवाहक बसमा आगलागी भएको छ । कास्की प्रहरीका अनुसार बसको वायरिङ सट भई आगलागी भएको हो । बागलुङ बसपार्कबाट स्याङ्जाको वालिङका लागि छुटेको बस पुम्दीभुम्दी पुगेपछि एक्कासि आगो लागेको थियो । आगलागी सुरु भएपछि चालक र सहचालकले तत्काल बस रोकेर यात्रुहरूलाई बाहिर निकालेका थिए ।

बसमा सवार करिब ४० जना यात्रु सकुशल रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिनुभयो । बसमा आगो लागेपछि स्थानीयवासी र प्रहरीको सहयोगमा नियन्त्रणको प्रयास गरिएको थियो । तर, आगो तीव्र रूपमा फैलिँदा बस पूर्णरूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । घटनास्थलमा पुगेको प्रहरी टोलीले आगो नियन्त्रणमा लिएको थियो । घटनाबाट मानवीय क्षति नभए पनि बसमा ठूलो भौतिक क्षति पुगेको छ । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको र आगलागीको यथार्थ कारणबारे प्राविधिक परीक्षणपछि मात्र पुष्टि हुने जनाएको छ । अहिले भने प्रारम्भिक रूपमा विद्युत् सर्ट (वायरिङ सट) नै आगलागीको मुख्य कारण हुन सक्ने अनुमान गरिएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline