बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News पोखरा सभागृह चाेककाे सडकपेटीमा उभिरहेकी महिलाको हत्या

पोखरा सभागृह चाेककाे सडकपेटीमा उभिरहेकी महिलाको हत्या

by sambridhaonline

चैत २६ पाेखरा – पोखरामा बुधबार साँझ एक महिलामाथि धारिलो हतियार प्रहार गरी हत्या भएको छ।

साँझ करिब ७ बजेतिर सभागृहचोक अगाडि सडकपेटीमा उभिरहेकी महिलामाथि एक युवकले पछाडिबाट आक्रमण गरेको प्रत्यक्षदर्शीहरूले बताएका छन्। हतियार प्रहारपछि उनी गम्भीर घाइते भई ढलेकी थिइन्।

घटनापछि उनलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको थियो। उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन्।

मृतक पोखरा–५ मालेपाटनकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री रहेको प्रहरीले जनाएको छ।

क्षेत्री सभागृहचोकबाट शिवालयचोकतर्फ जाने सडकखण्डको छेउमा उभिरहेकै अवस्थामा आक्रमणमा परेकी थिइन्।

प्रहरीका अनुसार आक्रमणमा संलग्न व्यक्ति मोटरसाइकलमा भागेको प्रारम्भिक जानकारी आएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीले घटनामा संलग्न व्यक्तिको खोजी कार्य जारी रहेको र घटनाको विस्तृत अनुसन्धान भइरहेको जनाएको छ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline