बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News केही ठाउँमा हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना

केही ठाउँमा हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना

by sambridhaonline

चैत्र २९, पोखरा – काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा यतिबेलाको मौसम सफा छ ।

दिउँसोपछि केही ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज कोशी प्रदेशको पहाडी र हिमाली भू-भाग लगातय बाँकी हिमाली भू-भागमा साधारणतया बादल लाग्ने, कोशी प्रदेशको तराईमा तथा बाँकी पहाडी भू-भागमा आंशिक बादल लाग्ने र तराई भू-भागमा मौसम मूख्यतया सफा रहनेछ ।

कोशी प्रदेशको पहाडी र हिमाली भू-भाग लगायत बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागका थोरै ठाउँहरूमा र बाँकी हिमाली तथा गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका थोरै ठाउँहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline