बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News पोखरामा २१ औँ फेवा नववर्ष महोत्सव शुरु

पोखरामा २१ औँ फेवा नववर्ष महोत्सव शुरु

by sambridhaonline

चैत्र ३० , पोखरा – पोखराको लेकसाइडमा २१औँ संस्करणको फेवा नववर्ष महोत्सव शुरु भएको छ । पर्यटन, संस्कृति र खानालाई प्रवद्र्धन गर्दै आन्तरिक पर्यटनको विकासको लक्ष्यका साथ हिजोदेखि महोत्सव शुरु भएको हो ।

महोत्सव भोलिसम्म चल्ने आयोजक होटेल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिनुभयो । महोत्सव उद्घाटनका अवसरमा सातै प्रदेशका सांस्कृतिक नाचहरू प्रस्तुत गरिएको थियो ।

आज खहरेबाट दुलही लिन अम्बोट पुग्ने गरी पञ्चैबाजाको रमाइलो प्रतियोगिता राखिएको छ । यसमा १५ पञ्चैबाजा समूहले भाग लिएको अध्यक्ष सुवेदीले बताउनुभयो । लेकसाइडका सेन्टर प्वाइन्ट, गौरीघाट र अम्बोटका हरेक चौतारामा सांस्कृतिक कार्यक्रम र पञ्चै बाजा प्रतियोगिताका क्रममा खहरेमा रत्यौलीको कार्यक्रम पनि समावेश हुने उहाँले जानकारी दिनुभयो ।

पर्यटक दौड प्रतियोगिता पनि महोत्सवमा समावेश हुने सङ्घले जनाएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline