बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News आज दिउँसो देशभरको मौसम आंशिकदेखि साधारणतया बदली,कोशी र गण्डकी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

आज दिउँसो देशभरको मौसम आंशिकदेखि साधारणतया बदली,कोशी र गण्डकी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

by sambridhaonline

पोखरा ,भदौ १५- देशभर यति बेला  मनसुनी वायुको प्रभाव कायमै छ । आज कोशी र गण्डकी प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले पनि कोशी प्रदेशका एक/दुई ठाउँमा हल्का पानी परिरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । कोशी प्रदेशलगायत देशका पहाडी भागमा मौसम आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मूख्यतया सफा छ । आज पूर्वी क्षेत्रमा अलि बढी मौसमी प्रभावदेखिएको छ भने भोलि पश्चिमी क्षेत्रमा मौसमी प्रभाव देखिने छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने अनुमान छ । आज दिउँसो कोशी गण्डकी प्रदेशका एक–दुई ठाउँमा ठूलो वर्षा हुने मौसमविद् गोबिन्द झाले जानकारी दिनु भयो । त्यस्तै गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँ तथा बाँकी प्रदेशको एक–दुई ठाउँमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् झा ले  बताउनु भयो ।

आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने अनुमान छ । कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै ठाउँमा राति मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline