शुक्रबार, बैशाख ४, २०८३
Friday, April 17, 2026
Home Featured News डेङ्गीका बिरामीको सङ्ख्या ६ हजार नाघ्यो,हुम्ला र मुस्ताङबाहेक सबै जिल्लामा सङ्क्रमण ,सबैभन्दा धेरै प्रभावित जिल्ला तनहुँ

डेङ्गीका बिरामीको सङ्ख्या ६ हजार नाघ्यो,हुम्ला र मुस्ताङबाहेक सबै जिल्लामा सङ्क्रमण ,सबैभन्दा धेरै प्रभावित जिल्ला तनहुँ

गण्डकी प्रदेशभर दुई हजार नौ सय ५४ जना संक्रमित

by sambridhaonline

पोखरा ,भदौ १५ – देशभर डेङ्गीका बिरामीको सङ्ख्या ६ हजार नाघेका छन् । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार हुम्ला र मुस्ताङबाहेक सबै जिल्लामा डेङ्गी सङ्क्रमण देखिएको छ । पछिल्लो तथ्याङ्कअनुसार ६ हजार तीन सय ४७ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ ।

यस्तै सङ्क्रमणका कारणले तीन जनाको ज्यान गएको छ । डेङ्गीको सङ्क्रमण सबैभन्दा बढी गण्डकी प्रदेशमा देखिएको छ । महाशाखाका अनुसार गण्डकी प्रदेशमा दुई हजार नौ सय ५४ जनामा सङ्क्रमण देखिएको छ । कोशी प्रदेशमा सात सय ९१, मधेसमा मात्र  एक सय, बाग्मतीमा एक हजार ६ सय २३, लुम्बिनीमा चार सय ४४, कर्णालीमा ९३ र सुदूरपश्चिम प्रदेशमा तीन सय ४२ जनामा सङ्क्रमण देखिएको छ ।

सबैभन्दा धेरै प्रभावित जिल्ला तनहुँमा एक हजार एक सय १६ जना सङ्क्रमित छन् ।वर्षाको बेला पानी सङ्कलन गरेर राख्ने र सङ्कलन गरिएको पानीमा लामखुट्टै रहने र त्यही लामखुट्टेले टोक्ने भएकाले डेङ्गीको सङ्क्रमण बढेको महाशाखाको कीटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले जानकारी दिनुभयो । सरकारी अस्पतालमा डेङ्गी रोगका बिरामीको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गीको सङ्क्रमण बढेपछि हरेक शुक्रवार सरकारी तथा गैरसरकारी कार्यालयमा र अस्पताल परिसरमा सरसफाइ गर्नुका साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गरेको छ ।पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुल लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएपछि टोकेपछि डेङ्गी लाग्छ । डेङ्गी लाग्न नदिन लामखुट्टेको टोकाइबाट बच्न विज्ञहरुले आग्रह गर्दै आएका छन् ।

 

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline