२०८१ भाद्र २४,पोखरा – नेपाली कांग्रेसका संस्थापक नेता, नेपालका जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रणेता, वरिष्ठ साहित्यकार महामानव विश्वश्वर प्रसाद कोईरालाको १ सय ११औं जन्मजयन्तीको अवसरमा देशभर विभिन्न कार्यक्रमहरु आयोजना भएका छन् । यसै अवसरमा पर्वत जिल्लामा “वि.पी. को प्रजातान्त्रिक समाजवाद र वर्तमान सन्दर्भ” विषयक अन्तरक्रियात्मक विचार गोष्ठी रोयल कुश्मा रिसोर्टमा सोमवार सम्पन्न भएको छ । नेपाली कांग्रेस पर्वतका नेता, निवर्तमान पाटी सचिव, सामाजिक अध्यात्मिक अभियन्ता डा. विश्व प्रकाश प्रसाईद्वारा स्थापित विश्व प्रसाई वि.पी प्रतिष्ठान नेपालको आयोजनामा सो गोष्ठी आयोजना गरिएको हो ।
गोष्ठीमा स्वागत एवम् कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै प्रतिष्ठानका अध्यक्ष डा. विश्व प्रकाश प्रसाईले विश्वश्वर प्रसाद कोईराला नेपाली कांग्रेस पाटी विशेषको नेता नभै नेपाल राष्ट्र र सारा नेपालीको नेता भएको वताउनु भयो । प्रजातान्त्रिक समाजवादको सिद्धान्तवाट विश्वभर नेपाललाई चिनाउने महान व्यक्तित्व भएकोले उहाँलाई महामानव भनिएको भन्दै उहाँको समाजवादी नीतिलाई अवलम्वन गर्न सकेमा मात्र देशमा समृद्धी आउने वताउनु भयो । वि.पी. को ऐतिहासिक पृष्ठभुमी, राष्ट्र र राष्ट्रियताप्रतिको वि.पी.को योगदानको सम्मान स्वरुप विश्व प्रसाई वि.पी. प्रतिष्ठानले कार्यक्रमको आयोजना गरेको डा.प्रसाईको वताउनु भयो ।
कार्यक्रमका प्रमुख वक्ता एवम् वि.पी. विचारक नवराज गुरुङ्गले वि.पी. को त्याग र समाजवादी नीतिलाई पाटीले अवलम्वन गर्न नसकेको भन्दै पाटी नेतृत्वले नेता कार्यकर्ताको योगदान तथा क्षमताको मुल्यांकन गर्न नकसेको कारण नेपाली कांग्रेस पाटी कमजोर हुँदै गएको वताउनु भयो । उहाँले वि.पी. को सिद्धान्त र आदर्शको रटान रटने तर व्यवहारमा ठिक उल्टो गर्ने प्रवृतिलाई नेता कार्यकर्ताले त्याग्नु पर्नेमा जोड दिनु भएको छ । नेपाली जनताले नेपाली कांग्रेस भित्र प्रवृत्ति, प्रणाली र पद्धतीको विकल्प खोजेको भन्दै वि.पी. को समाजवादको मार्ग अवलम्वन गर्नुको विकल्प नरहेको कार्यक्रमका प्रमुख वक्ता गुरुङ्गको भनाई छ ।
नेपाली कांग्रेसका प्रतिनिधी पाटी उपसभापति डा. चुडामणी शर्माले पाटीमा एकले अर्काको अस्तित्वको सम्मान गर्दै त्यागको भावना विकास गर्न सकेमा मात्र वि.पी. प्रतिको सच्चा सम्मान हुने वताउनु भयो । नेपाली कांग्रेस गण्डकी प्रदेश सदस्य सिता लामिछाने काफ्लेले वि.पी.मा सवै जातजाती, वर्ग, लिङ्गको सम्मान गर्ने अनुकरणीय क्षमता रहेको भन्र्दै उहाँको सामान्य जीवन शेली र उच्च विचार अनुकरणीय रहेको वताउनु भयो । कार्यक्रममा नेकपा एमालेका प्रतिनिधी इश्वर गिरीले राजनीतिक इतिहासमा वि.पी. सारा नेपालीको साझा नेताको रुपमा रहेको भन्दै यस्ता व्यक्तित्वको सम्मान र मार्ग अवलम्वन गर्न चुक्न नहुने वताउनु भयो । कार्यक्रममा नेकपा माओवादीका प्रतिनिधी शंकर गिरीले देशमा परिवर्तनको लागि ठूला ठुला भाषण भन्दा जनतासंग प्रत्यक्ष सरोकार राख्ने स–साना काम गर्न सकेमा वि.पी. को प्रजातान्त्रिक समाजवादको सार्थकता हुने वताउनु भयो । जिल्ला समन्वय समितिका संयोजक विष्णुराम वि.क.ले वि.पी को प्रजातान्त्रिक समाजवादलाई आत्मासाथ गर्न सकेमा देश समृद्धीको मार्गमा अघी वढने वताउनु भयो भने फलेवास नगरपालिकाका नगरप्रमुख गंगाधर तिवारीले वि.पी. को समाजवादी नीतिलाई स्थानीय तहसम्म पु¥याउन सवैले प्रयास गर्नुपर्नेमा जोड दिनु भयो ।
विश्व प्रसाई वि.पी. प्रतिष्ठानद्वारा आयोजित उक्त गोष्ठीमा नेपाली कांग्रेस पर्वतका सचिव गुप्तनिधी शर्मा, नेपाल विद्यार्थी संघ पर्वतका संस्थापक अध्यक्ष कुल प्रसाद आचार्य, जिल्ला सदस्य ओम प्रसाद घायल, लोकतान्त्रिक गैसस महसंघका अध्यक्ष गणेश वहादुर क्षेत्री, प्रजातान्त्रिक विचार समाजका अध्यक्ष सुवास पन्त, पर्वत उद्योग वाणिज्य संघका महासचिव खगेश्वर शर्मा लगायतले वि.पी. को प्रजातान्त्रिक समाजवाद नेपालको माटो सुहाँउदो उत्कृष्ठ अर्थ राजनीतिक सिद्धान्त हो भन्दै कार्यान्वयनमा कमीकमजोरी रहेको वताउनु भयो । कार्यक्रममा वोल्ने वक्ताहरुले एउटा सामाजिक उद्देश्ष्य वोकेको प्रतिष्ठानले राजनेताको सम्मानमा कार्यक्रम आयोजना गर्नु सह्रानीय कार्य भएकोमा एकमत देखिन्थ्यो ।
कार्यक्रम नेपाली कांग्रेसका युवा नेता, निवर्तमान पाटी सचिव एवम् विश्व प्रसाई वि.पी. फाउण्डेशन नेपालका अध्यक्ष डा. विश्व प्रकाश प्रसाईको अध्यक्षता एवम् नेपाल प्रेस युनिएन पर्वतका अध्यक्ष एवम् प्रतिष्ठानका सदस्य उत्तम प्रसाद अधिकारीको सञ्चालनमा सम्पन्न भएको रेडियो समृद्ध सहकर्मी इश्वरी प्रसाद शर्माले सम्पादन गर्नु भएको समाचारमा जनाइएको छ ।
यसै विच रोयल कुश्मा रिसोर्टमा विश्व प्रसाई वि.पी. प्रतिष्ठान नेपालद्वारा आयोजित कार्यक्रमको समापनसंगै नेपाली कांग्रेस पर्वतले जिल्ला कार्य समिति पर्वतको वैठक कक्षमा महामानव विश्वश्वर प्रसाद कोईरालाको १ सय ११औं जन्मजयन्ती मनाएको छ । कार्यक्रममा प्रमुख अतिथिको आसनवाट वोल्दै नवराज गुरुङ्गले धेरै लामो समयको अन्तरालमा पाटी कार्यालयको कार्यक्रममा सहभागी भएर वोल्न पाएको भन्दै पाटीमा ऐतिहासिक योगदान र क्षमताको मुल्यांकन गर्ने परिपाटी विकास नभएसम्म हामी सवैको सफलता संभव नभएको वताउनु भयो । उहाँले अरुको सहअस्तित्वको सम्मान गर्न वि.पी. वाट सिक्नुपर्ने भन्दै वि.पी.को आदर्शको कुरा गर्ने तर व्यवहार फरक गर्नेहरुको अव अन्त्य हुने उहाँको भनाई थियो । कार्यक्रममा पाटीका अर्का उपसभापति शिव प्रसाद सुवेदी, महासमिति सदस्य वसन्त वहादुर सि.के. र कांग्रेसका पिडित नेता कमल लामिछाने लगायत मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रम उपसभापति डा. चुडामणी शर्माको अध्यक्षता, पर्वत क का सभापति राजकुमार क्षेत्रीको स्वागत एवम् पाटी सचिव गुप्तनिधी शर्माको सञ्चालनमा सम्पन्न भएको रेडियो समृद्ध सहकर्मी खिममायाँ पाईजा गिरीले सम्पादन गर्नु भएको समाचारमा जनाइएको छ ।