बुधबार, साउन १३, २०८३
Wednesday, July 29, 2026
Home Featured News आउँदो शनिबार सम्म नै बर्षाको सम्भावना , कास्की सहित २७ जिल्लामा उच्च सर्तकता अपनाउन आग्रह

आउँदो शनिबार सम्म नै बर्षाको सम्भावना , कास्की सहित २७ जिल्लामा उच्च सर्तकता अपनाउन आग्रह

by sambridhaonline

असोज ०८ ,पोखरा – केहि दिन देखि सफा रहेको मौसममा आजदेखि भने बदली हुने पुर्वनुमान छ ।

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेकाले आजदेखि आउँदो शनिबार सम्म नै मौमस बदली रही देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आजदेखि शनिबारसम्म निरन्तर झरी नभए पनि केहिबेर रोकिँदै पानी पर्ने मौसमविद्ले बताएका छन् ।

आज पनि पोखरा उपत्यका सहित , गण्डकी प्रदेश ,कोशी प्रदेश , बाग्मती प्रदेश र मधेश प्रदेशका केहि ठाउँमा बिहानदेखि नै हल्का वर्षा भइरहेको छ ।

त्यस्तै आज दिउँसो लुम्बिनी प्रदेशका पश्चिमी भाग तथा सुदूरपश्चिम प्रदेशका तराईका धेरै ठाउँमा मेघगर्जन÷चट्याङ्सहित हल्का वर्षा तथा केही ठाउँमा मध्यम र एक÷दुई ठाउँमा ठूलो वर्षाको सम्भावना भएको छ ।

बिहिवार देखि भने शनिबार सम्म नै पूर्वदेखि पश्चिमसम्मका सबै जिल्लामा भारी वर्षा हुने भएकाले यसबाट जनजीवन प्रभावित हुने महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार इलाम, पाँचथर, तनहुँ, लम्जुङ, कास्की, स्याङ्जा, पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, रोल्पा, दाङ, सुर्खेत, सल्यान, रुकुम, जाजरकोट, कैलाली, कञ्चनपुर, डडेलधुरा लगायतका २७ जिल्लामा वर्षा र यसको जोखिम रहने छ ।

वर्षाबाट दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना छ । त्यसैले भारी वर्षाबाट हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो, भू–क्षय जस्ता प्रकोपको जोखिमबाट बच्न पनि विभागले सबैलाई अनुरोध गरेको छ

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline