आइतवार, बैशाख १४, २०८२
Sunday, April 27, 2025
Home Featured News पोखराको पाराग्लाइडिङमा नयाँ शुल्क : घन्टाको १२ हजार ७५० रुपैयाँ

पोखराको पाराग्लाइडिङमा नयाँ शुल्क : घन्टाको १२ हजार ७५० रुपैयाँ

by sambridhaonline

असोज १२ ,पोखरा- आन्तरिक विवादका कारण लामो समयदेखि पोखराको पाराग्लाइडिङमा एकरुपमा नभएको दररेट फेरि समान तोकिएको छ । पाराग्लाइडिङको दररेटमा एकरुपमा नहुँदा पर्यटन तान्न अस्वस्थ प्रतिस्पर्धा भएपछि पाराग्लाइडिङ व्यवसायीको छाता संस्था नेपाल हवाई खेलकुद संस्था (ना) ले फेरि दररेट तोकेको हो ।

नेपाल हवाई खेलकुद संस्थाको पाराग्लाइडिङ व्यवसायी उपसमिति र नेपाल पाराग्लाइडिङ पाइलट्स क्लबको संयुक्त बैठकले आधा घन्टासम्म र एक घन्टासम्मको फरक फरक दर तोकेको छ । १५ देखि ३० मिनेटसम्म संस्थागत मूल्य ७ हजार ५०० र अधिकतम बजार मूल्य ८ हजार ५०० रुपैयाँ तोकिएको छ भने ३० मिनेटदेखि ६० मिनेटसम्म कम्पनी मूल्य ११ हजार २५० र अधिकतम मूल्य १२ हजार ७५० रुपैयाँ तोकिएको महासचिव बलराम आचार्यले जानकारी दिए ।

पाइलटले कम्पनीबाट पाउने पारिश्रमिक पनि बढेको छ । पाइलटले अब प्रतिउडान ६० प्रतिशत र व्यवसायीले ४० प्रतिशत प्राप्त गर्ने भएका छन् । अहिले कायम भएको दरअनुसार पाइलटले पहिलेभन्दा २ हजार रुपैयाँसम्म बढी पाउने महासचिव आचार्यले जानकारी दिए ।

यसअघि ‘ना’ले १२ हजार रुपैयाँ दररेट तोकेको थियो । ‘ना’ले दर तोक्न छोडेपछि अस्वस्थ प्रतिस्पर्धाका कारण ३ हजार ५०० रुपैयाँ पनि पाराग्लाइडिङ गर्नुपर्ने स्थिति सिर्जना भएको थियो । ‘दररेट कायम नहुँदा अलि अस्वस्थ प्रतिस्पर्धा थियो । व्यवसायीलाई पनि घाटा र पाइलटलाई पनि सन्तोषजनक थिएन,’ महासचिव आचार्यले भने, ‘यहाँ कमाइ कम हुन थालेपछि पाइलट पनि पलायन हुन थाले । त्यसलाई रोक्न पनि परिमार्जन आवश्यक देखियो ।’

नाले दररेट तोक्ने अधिकार गत साल पुसमा सम्बन्धित कम्पनीलाई नै दिएपछि पाइलटले असन्तुष्टि जनाएका थिए भने शुल्क विवादकै करण केही समय प्लाराग्लाइडिङ उडानसमेत रोकेको पछि खुला गरिदिएको थियो।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
पोखरा–१७, ड्यामसाईड ।

प्रवन्ध निर्देशकः

वि.पी. प्रसाई

व्यवस्थापकद्वयः

लक्ष्मी कुमारी मेधासी प्रसाई,
सावित्री खत्री क्षेत्री लामिछाने

कार्यकारी सम्पादकः

उत्तम प्रसाद अधिकारी

सम्पादकः

रविन कार्की  

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline