बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News पोखरामा रोकिएन वर्षा, पोखरामा एक सय ३३ दशमलव ८६ मिलिलिटर वर्षा मापन

पोखरामा रोकिएन वर्षा, पोखरामा एक सय ३३ दशमलव ८६ मिलिलिटर वर्षा मापन

by sambridhaonline

असोज १२,पोखरा- पोखरामा बिहीबार साँझदेखि अहिले सम्म निरन्तर वर्षा भइरहेको छ । वर्षा मध्यम खालको छ ।

पछिल्लो २४ घण्टामा कास्कीको पोखरामा एक सय ३३ दशमलव ८६, लुम्लेमा ८९ दशमलव २, सिक्लेसमा ८९दशमलव ८, छोमरोङमा ८६दशमलव८ मिलिलिटर वर्षा भएको छ । तर कास्की रेड जोनमा भने अहिलेसम्म परेको छैन ।

गण्डकी प्रदेशको तनहुँमा २५७दशमलव४, पर्वतमा १८१दशमलव८, लमजुङमा १७८, गोरखामा १६०दशमलव४, स्याङ्जामा १६३ मिलिलिटर वर्षा भएको छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव नेपालमा रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहने छ । गण्डकी, कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

गण्डकी, कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

गण्डकी, कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानमा धेरै भारी र एक–दुई स्थानमा अति धेरै वर्षाको पनि सम्भावना छ । देशको तराई क्षेत्रमा हावाहुरीको समेत सम्भावना रहेकाे विभागद्वारा प्रकाशित बुलेटिनमा उल्लेख छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline