बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News झ्याप्ले खोला पहिरो अपडेट : दुई दिनमा २७ जनाको शव निकालियो

झ्याप्ले खोला पहिरो अपडेट : दुई दिनमा २७ जनाको शव निकालियो

by sambridhaonline

असोज १३,पोखरा- धादिङको झ्याप्ले खोलामा पहिरोमा पुरिएको अवस्थामा थप १३ जनाको शव फेला परेको छ।

पहिरोले पुरिएका बसबाट शवहरु निकालिएको हो। झ्याप्ले खोलामा अरु बस पनि पुरिएको आशंकामा खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

सोहि स्थानमा गोरखाको लापुबेसिबाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस पहिरोले पुरिएको अवस्थामा फेला परेको छ। यात्रुबाहक बस पृथ्वीराजमार्गको झ्याप्लेखोला पहिरोभित्र भेटिएको यातायात व्यवसायीहरुले बताएका छन्।

शुक्रबार बिहान ७ बजे गोरखाको लापुबेसिबाट काठमाडौंका लागि छुटेको ना ४ ख २२७० नम्बरको बस तीन दिनदेखि सम्पर्कविहिन भएको थियो।

झ्याप्ले खोलामै आएको पहिरोले माइक्रोबस पुरिँदा शनिबार १४ जनाको मृत्यु भएको थियो। बुटवलबाट काठमाडौं आईरहेको माइक्रोबस पहिरोमा पुरिएको हो। १४ जना यात्रुको शव शनिबार साँझ निकालिएको थियो।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline