बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News झ्याप्ले खोला पहिरोमा बस पुरिदा स्याङ्जाका एकैघरका तीनको मृत्यु

झ्याप्ले खोला पहिरोमा बस पुरिदा स्याङ्जाका एकैघरका तीनको मृत्यु

by sambridhaonline

असोज १३,पोखरा- वर्षाका कारण पृथ्वीराजमार्गको नागढुङ्गा नौबिसे सडकखण्डको झ्याप्लेखोलामा पहिरोमा परी स्याङ्जा गल्याङका तीन जनाको मृत्यु भएको छ ।

गल्याङ नगरपालिका वडा नम्बर ३ लल्याङका एकै परिवारका तीन जनाको मृत्यु भएको हो । गल्याङ नगरपालिका वडा नम्बर ३ लल्याङ स्थायी घर भै बुटवल बसोबास गर्दै आएका आमा सीता भट्टराई छोरा दिपेश भट्टराई र छोरी दीपिका भट्टराईको मृत्यु भएको हो ।

बुटवलको कालिका मानविज्ञान मा.वि. कक्षा १० मा अध्ययनरत दिपेश भट्टराई र दीपिका भट्टराईले नेपाल एस्ट्रोनोमिकल सोसाइटीको आयोजनामा भएको नेसनल एस्ट्रोनोमी ओलम्पियर २०२४ मा भाग लिएका थिए ।

पहिलो चरणमा छनोट भएर दोस्रो चरणका लागि बङ्गलादेश पुग्नुपर्ने भएका कारण उनीहरु शुक्रबार काठमाडौ जानको लागि बुटवलबाट माइक्रोमा गएका थिए ।

लु१ज ४५७८ नम्बरको माइक्रो शनिबार राती झ्याप्ले खोलामा आएको पहिरोमा पुरिएको थियो । उनीहरु त्यस बसमा रहेका १४ जनाको मृत्यु भएको थियो । अन्य बसमा रहेकाहरु शव निकाल्न काम अहिले पनि चलिरहेको छ ।

वैदेशिक रोजगारीको सिलसिलामा कोरिया बस्दै आएका बुवा होमनाथ भट्टराई भने नेपाल आउने तयारीमा रहेका छन् । अहिले उनको गाउँ र बुटबलमा शोकमा डुबेको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline