बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News पर्सि बुधवारदेखि शनिवारसम्म ४ वटा प्रदेशमा पानी पर्ने सम्भावना

पर्सि बुधवारदेखि शनिवारसम्म ४ वटा प्रदेशमा पानी पर्ने सम्भावना

by sambridhaonline

असोज १४,पोखरा- पर्सि बुधवारदेखि कोशीदेखि गण्डकी प्रदेशसम्म पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् । पर्सिदेखि शनिवारसम्म नै कोशी, मधेश, बाग्मती र गण्डकी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको त्रिभुवन विश्वविद्यालयको मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक विनोद पोखरेलले बताउनुभएको छ ।

विशेष गरेर बेलुकीपख पानी पर्ने उहाँले उल्लेख गर्नुभएको छ । आज देशका धेरैजसो ठाउँमा घाम लागेको छ । बेलुकादेखि बदली हुनेछ । भोलि कोशी प्रदेशमा बेलुकातिर हल्का वर्षाको सम्भावना छ । भोलि बाग्मती र गण्डकीमा पनि बदली भए पनि वर्षाको सम्भावना कम छ । तर पर्सिदेखि भने कोशीबाट गण्डकी प्रदेशसम्म पानी पर्नेछ । तर लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने अहिले वर्षाको सम्भावना देखिएको छैन ।

गएको बिहीवारदेखि भएको अति ठूलो वर्षाका कारण कोशीदेखि लुम्बिनी प्रदेशसम्म ठूलो जनधनको क्षति भएको छ । अहिलेसम्म एक सय ९० जनाभन्दा धेरैको ज्यान गएको पुष्टि भइसकेको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline