सोमवार, पुस २९, २०८१
Monday, January 13, 2025
Home Featured News पोखराको विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव हुने

पोखराको विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव हुने

by sambridhaonline

असोज १४,पोखरा – पोखरास्थित विन्ध्यवासिनी मन्दिरमा बडादशैँ नवदुर्गा महोत्सव हुने भएको छ । महोत्सव घटस्थापनादेखि महानवमीसम्म सञ्चालन हुनेछ । महोत्सवमा विन्ध्यवासिनी नवदुर्गा शोभायात्रा तथा श्रीमद् देवीभागवत् ज्ञान महायज्ञ हुने आयोजक विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले जनाएको छ ।

समिति अध्यक्ष गणेशबहादुर श्रेष्ठका अनुसार महायज्ञ संगीतमय झाँकीसहित कथा वाचन गरिनेछ । मन्दिरमा बेलाबखतमा हुने पर्वविशेष पूजनोत्सव, धार्मिक गतिविधि, आध्यात्मिक प्रवचनलगायतले धर्म र संस्कृतिको संरक्षणमा टेवा मिल्ने उनको विश्वास छ ।

समितिका सदस्य सचिव तीर्थ श्रेष्ठका अनुसार घटस्थापनामा नवदुर्गाका नौरुप सिंगारिएका नवकन्या, आरुढ नौरथ, विन्ध्यवासिनी मन्दिरको झाँकी तथा विभिन्न जातिका भेषभूषा र सांस्कृतिक झाँकीसहित शोभायात्रा निकालेर जातीय, धार्मिक, सांस्कृतिक, सामाजिकलगायतका पक्षको उजागर गरिने छ ।

घटनास्थापनाको दिन विन्ध्यवासिनी पार्कबाट शुरु हुने शोभायात्रा मोहरियाटोल, भैरवटोल, भीमसेन टोल, नालामुख, तेर्सापट्टी, महेन्द्रपुल, चिप्लेढुंगा, सिद्धार्थचोक, रामकृष्णटोल, गणेशटोलहुँदै पुनः विन्ध्यबासिनी मन्दिर परिसर पुगेर समापन हुनेछ । त्यही दिनदेखि महायज्ञ सुरु हुने सदस्यसचिव श्रेष्ठले जानकारी दिए ।

विजयादशमी अवधिमा मन्दिरमा बिहान ४ बजेदेखि नित्य पूजा हुनेछ । भक्तजनका लागि ५ बजेदेखि मन्दिर दर्शनको व्यवस्था मिलाइएको छ । ५ देखि ९ बजेसम्म बालगोपाल भजनमण्डल विन्ध्यवासिनी महिला भजन समूहलगायतबाट भजनकीर्तन हुनेछ । प्रत्येक साँझ ६ बजे आरती गरिनेछ ।

बिहान ९ देखि दिउँसो १२ बजेसम्म तथा दिउँसो २ देखि ४ बजेसम्म श्रीमद्भागवत् कथा प्रवचन हुनेछ । मन्दिरमा संकलित भेटी समितिले मन्दिरको सौन्दर्यकरण, पूर्वाधार निर्माणमा खर्चिंदै आएको जनाएको छ ।

२०५१ सालमा स्थापित विन्ध्यवासिनी गुरुकुल विद्यालयमा हाल कक्षा ६ देखि १० सम्म निःशुल्क आवासीयरुपमा अध्यापन कार्य हुने गरेको छ । यसलाई कक्षा १२ सम्म विस्तार गर्ने समितिको लक्ष्य छ ।

यहाँ २०७ सालदेखि विन्ध्यवासिनी ज्येष्ठ नागरिक मिलन केन्द्रसमेत सञ्चालित छ । जहाँ ज्येष्ठ नागरिकले दिवा सेवा प्राप्त गर्ने गरेका छन् ।

हाल केन्द्रका लागि सुविधायुक्त भवन निर्माण करिब सम्पन्न भएको समितिले जनाएको छ । समितिले एम्बुलेन्स सञ्चालन गरसेको छ ।

पोखराको अधिकारीटोलमा २६ रोपनीमा विन्ध्यवासिनी प्राकृतिक चिकित्सालय सञ्चालित छ । चिकित्सालयको भौतिक पूर्वाधार निर्माण जारी छ । उक्त चिकित्सालय यही मंसिरमा उद्घाटन लक्ष्य रहेको समितिका सचिव आनन्द श्रेष्ठले बताए ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
पोखरा–१७, ड्यामसाईड ।

प्रवन्ध निर्देशकः

वि.पी. प्रसाई

व्यवस्थापकद्वयः

लक्ष्मी कुमारी मेधासी प्रसाई,
सावित्री खत्री क्षेत्री लामिछाने

कार्यकारी सम्पादकः

उत्तम प्रसाद अधिकारी

सम्पादकः

रविन कार्की  

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline