शनिबार, बैशाख ५, २०८३
Saturday, April 18, 2026
Home Featured News बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या २ सय जना पुग्याे

बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या २ सय जना पुग्याे

by sambridhaonline

असोज १४,पोखरा – गएको शुक्रवारयताका चार दिनमा वर्षाजन्य विपद्मा परेर दुई सय जनाको ज्यान गएको छ ।

नेपाल प्रहरीले दिएको जानकारीअनुसार गएको शुक्रवारदेखि आजसम्म विभिन्न जिल्लामा बाढी, पहिरो र डुबानमा परेर दुई सय जनाको ज्यान गएको छ । अझै २६ जना हराइरहेका छन् । एक सय २७ जना घाइते भएका प्रहरीले जनाएको छ ।

यस्तै विभिन्न ठाउँमा जोखिममा परेका र अलपत्र परेका चार हजार दुई सय जना २२ जनाको उद्धार गरिएको पनि प्रहरीले जनाएको छ । बाढी पहिरोमा परेर अहिलेसम्म १३ सय २७ वटा घर बगेका छन् ।

यस्तै पाँच वटा पक्की पुल र तीन वटा बेलिब्रिजसहित १९ वटा पुल पनि बगेका प्रहरीले जनाएको छ । बाढी पहिरो प्रभावित कतिपय ठाउँमा अझै पनि सञ्चार सम्पर्क हुन नसकेकाले क्षतिको विवरण आउन नसकेको पनि प्रहरीले जनाएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline