सोमवार, बैशाख ७, २०८३
Monday, April 20, 2026
Home Featured News पोखराको विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा शोभायात्रा स्थगित

पोखराको विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा शोभायात्रा स्थगित

by sambridhaonline

असोज १५,पोखरा – पोखराको विन्ध्यवासिनी मन्दिरमा असोज १७ गते आयोजित नवदुर्गा शोभायात्रा स्थगित भएको छ ।

अविरल बर्षा भई डुवान, बाढी र पहिरोजन्य प्रकोपमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सरकारबाट राष्ट्रिय शोकको घोषणा गरेकाले शोकमा शोभायात्रा गर्न उचित नहुने भन्दै स्थगित गरिएको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले जनाएको छ ।

समितिद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हालै मात्र देशको विभिन्न भू-भागमा अविरल बर्षा भई डुवान, बाढी र पहिरोजन्य प्रकोपमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाल सरकारबाट तीन दिन राष्ट्रिय शोकको घोषणा भएकोले यस समितिबाट यही असोज १७ गते आयोजित विन्ध्यवासिनी नवदुर्गा शोभायात्रा कार्यक्रम रद्ध भएको सूचित गरिन्छ, शोभायात्राको पूर्व तयारीमा लाग्नुभएका श्रद्धालु भक्तजन र सहयोगी संस्थामा पर्न जाने असुविधाप्रति हामी क्षमा याचना गदछौँ ।’

शोभायात्रा कार्यक्रम स्थगित भए पनि नवदुर्गा महोत्सवअन्तर्गत अन्य कार्यक्रम भने सञ्चालन हुने बताइएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline