सोमवार, बैशाख ७, २०८३
Monday, April 20, 2026
Home Featured News सूर्यदर्शन वचत तथा ऋण सहकारी ठगी कसूरका थप १ जना पक्राउ

सूर्यदर्शन वचत तथा ऋण सहकारी ठगी कसूरका थप १ जना पक्राउ

by sambridhaonline

असोज १५,पोखरा – पोखरा महानगरपालिका वडा नं ४ नालाकोमुखमा संचालनमा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको आरोप लागेका थप एकजना पक्राउ परेका छन । पक्राउ पर्नेमा गुल्मीको मुसिकोट नगरपालिका वडा नं. ४ स्थायी ठेगना भइ हाल ललितपुर महानगरपालिका–१५ खुमलटार बस्ने वर्ष ३२ की लीला पछाई रहेकी छन ।

उनलाई यही असोज १४ मा पक्राउ गरी कास्की जिल्ला अदालतबाट ४ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको कास्की प्रहरीले जनाएको छ । उनीमाथि सेयर, बचत तथा जगेडा लगायत विभिन्न कोषमा हुनुपर्ने रकम सहकारी ऐन, नियमावली र संस्थाको विधान विपरित हिनामिना एवं अपचलन गरी सहकारी संस्थाबाट गैरकानुनी रुपमा गितेन्द्रबाबु राईसंग मिलेमतो गरी ३ करोड भन्दा बढी रकम आफ्नो बैंक खातामा लगी चल अचल सम्पत्ति खरिद गर्ने र शेयर कारोबारमा लगानी गर्ने गरेको आरोप छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline