मङ्लबार, बैशाख ८, २०८३
Tuesday, April 21, 2026
Home Featured News गण्डकी बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा नाबालकको मृत्यु

गण्डकी बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा नाबालकको मृत्यु

by sambridhaonline

असोज १८, पोखरा – नवलपुरको कावासोतीमा आज बिहान गण्डकी बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा नाबालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कावासोती नगरपालिका वडा नं १ छहारीचोकका यम पौडेलका २२ महिने छोरा सम्राट पौडेल रहेका छन् ।

कावासोती-१ छहारीचोकको भित्री सडकमा ना१क ५८१७ नम्बरको बसले ठक्कर दिँदा बालक गम्भीर घाइते भएका थिए ।

बालकलाई उपचारका लागि नवलपुर अस्पताल कावासोती लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए ।

बसचालक शिवप्रसाद च्वाइलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline