मङ्लबार, बैशाख ८, २०८३
Tuesday, April 21, 2026
Home समाचार बलेरो जीप ब्रेकको फेल, आधिखोला-२ बेझांगमा सडकको नालामा पल्टियो सबै घाइतेलाई पोखरा ल्याइयाे

बलेरो जीप ब्रेकको फेल, आधिखोला-२ बेझांगमा सडकको नालामा पल्टियो सबै घाइतेलाई पोखरा ल्याइयाे

by sambridhaonline

असोज १८,पोखरा – स्याङ्जाबाट पोखरा आउँदै गरेको जीप आज दुर्घटना हुँदा चालकसहित सात जना घाइते भएका छन् ।

सिरुबारीबाट पोखरा आउँदै गरेको ग१ज ५७५६ नम्बरको बलेरो जीप ब्रेक फेल भई आँधीखोला गाउँपालिका वडा नं २ बेझाङमा सडकको नालामा पल्टिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा घाइते हुनेमा पोखरा-१७ छोरेपाटनकी १६ वर्षीया अमना नेपाली, पोखरा-११ की मनिषा नेपाली र उनकी ३ वर्षीया छोरी सोफिया नेपाली छन् ।

साथै आँधीखोला गाउँपालिका-५ का ५० वर्षीय आत्मराम सिग्देल, ८४ वर्षीया कलावती घमिरे, ३२ वर्षीया सिर्जना चापागाईं, अर्जुनचौपारी गाउँपालिका-५ आरुचौरका ५८ वर्षीया शान्तिकुमारी सापकोटा, ६१ वर्षीय शिव सिग्देल पनि सोही दुर्घटनामा घाइते भएका छन् ।

स्याङ्जा प्रहरीका सूचना अधिकारी डीएसपी हरिप्रसाद पौडेलका अनुसार सबै घाइतेलाई पोखरा ल्याइएको छ । उनीहरुको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको डीएसपी पौडेलले बताए ।

जीप चालक स्याङजा अर्जुनचौपारी-५ का २७ वर्षीय सागर विश्वकर्मा प्रहरी नियन्त्रणमा छन् ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline