मङ्लबार, चैत्र ३, २०८२
Tuesday, March 17, 2026
Home Featured News गरिवी निवारणको क्षेत्रमा योगदान गरे वापत एक अभियान्त र दुई संस्थालाई सम्मान

गरिवी निवारणको क्षेत्रमा योगदान गरे वापत एक अभियान्त र दुई संस्थालाई सम्मान

by sambridhaonline

कार्तिक २,पोखरा- गरिवी निवारणको लागि अन्र्तराष्ट्रिय दिवस, २०२४ को अवसरमा एक अभियान्तको साथ दुई संस्था सम्मानित भएका छन् । विगत तीस वर्ष देखि गरिवी न्यूनिकरणको क्षेत्रमा निरन्तर योगदान गरे वापत आर्थिक तथा सामाजिक अभियन्ता सावित्री खत्री क्षेत्री लामिछानेलाई सम्मान गरिएको छ । लामिछाने नेष्डो नेपालका कोषाध्यक्ष, नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लि. का अध्यक्ष, रोटरी क्लव अफ पर्वत तथा इनरह्वील क्लव अफ पर्वतका पुर्व अध्यक्ष हुनुहुन्छ ।

यसै गरी अति विपन्न वर्गको आयआर्जनको क्षेत्रमा क्रियाशिल नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लि. र नेष्डो वचत तथा ऋण सहकारी संस्था लि. लाई संस्थागत रुपमा सम्मान गरिएको छ । सम्मानित संस्था मध्ये नेष्डो समृद्धले नेपालका १७ वटा जिल्लामा लघुवित्त सेवा मार्फत ८० हजार विपन्न परिवारको आयआर्जनमा टेवा पु¥याउदै आएको छ । यसको केन्द्रिय कार्यालय कुश्मा पर्वतमा रहेको छ ।
सम्मानित हुने अर्को संस्था नेष्डो वचत तथा ऋण सहकारी संस्थाले विगत २७ वर्ष देखि पर्वत जिल्लाको गरिवी न्यूनिकरणको क्षेत्रमा कार्य गर्दै आई रहेको छ ।

नेष्डो समृद्धको तर्फवाट संस्थाका का.मु. प्रमुख कार्यकारी अधिकृत युधिष्ठिर भुषालले र सहकारी संस्थाको तर्फवाट अध्यक्ष प्रेम प्रसाद पौडेलले सम्मान ग्रहण गर्नु भएको थियो । सम्मानित व्यक्ति तथा संस्थाका प्रतिनिधीलाई आयोजक संस्था नेष्डो नेपालका संस्थापक अध्यक्ष डा. विश्व प्रकाश प्रसाईले खादा, टिका र सम्मानपत्र प्रदान गर्नु भएको थियो ।

अन्तर्राष्ट्रिय गरिवी निवारण दिवसको अवसरमा राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था, नेष्डो नेपालद्वारा विहिवार कुश्मावजारमा आयोजित एक विशेष समारोहमा सो सम्मान प्रदान गरिएको हो ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline