शुक्रबार, साउन १५, २०८३
Friday, July 31, 2026
Home Featured News रवि लामिछानेलाई एकाबिहानै पोखरा ल्याइयो, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरेर कास्की प्रहरीको हिरासतमा राखियो

रवि लामिछानेलाई एकाबिहानै पोखरा ल्याइयो, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरेर कास्की प्रहरीको हिरासतमा राखियो

by sambridhaonline

कार्तिक ३ , पोखरा – सहकारी ठगी र संगठित अपराधमा शुक्रबार पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई शनिवार बिहान पोखरा ल्याइएको छ । उनलाई स्थलमार्गबाट पोखरा ल्याइएको हो ।

लामिछानेलाई पोखरा ल्याउनसाथ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरिएको थियो । त्यसपछि करिब पौने ३ बजेतिर उनलाई जिल्ला प्रहरी कार्यालय कास्की पुर्‍याइएको थियो । लामिछानेलाई पोखरा ल्याउनु अघि नै पार्टीका पहिलो बरियताका उपाध्यक्ष स्वर्णिम वाग्ले जिल्ला प्रहरी कार्यालय अगाडि पुगेका थिए । अर्का उपाध्यक्ष उपाध्यक्ष डिपी अर्याल र रविकी पत्नी निकिता पौडेल लामिछानेसँगै गाडीमा आएका थिए । प्रहरी कार्यालय अघि रास्वपा कार्यकर्ताले नाराबाजी गरेका थिए । त्यसो त उनका समर्थकहरु राजमार्गका विभिन्न ठाउँमा भेला भएर नाराबाजी समेत गरेका थिए ।

पोखराको सूर्यदर्शन सहकारीको रकम अवैध रुपमा गोर्खा मिडिया प्रालिमा अध्यक्ष जिबी राईले लैजाने र त्यो रकम अपचलनमा रविको संलग्नता रहेको संसदीय छानबिन समितिको प्रतिबेदनमा उल्लेख छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline