सोमवार, पुस २९, २०८१
Monday, January 13, 2025
Home Featured News अर्घाखाँची बस दुर्घटना: ३५ जना घाइतेको उपचार चल्दै,२ जना को ज्यान गयो

अर्घाखाँची बस दुर्घटना: ३५ जना घाइतेको उपचार चल्दै,२ जना को ज्यान गयो

by sambridhaonline

कार्तिक २०,पोखरा – अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा हिजो भएको बस दुर्घटनामा घाइते भएका ३५ जनाको उपचार चल्दैछ । भूमिकास्थान नगरपालिका वडा नम्बर ५ र ६ को सिमाना जयठाटीमा हिजो बेलुका देउसी भैलो नाचिरहेको ठाउँमा बस दुर्घटना भएको हो ।

दुर्घटनामा भूमिकास्थान नगरपालिका १ ढाकाबाङ्गकी ७० वर्षीया रुनी खनालको घटनास्थलमै र २२ वर्षीय तारा श्रेष्ठको अर्घाखाँची अस्पतालमा उपचारको क्रममा ज्यान गएको थियो ।

दुर्घटनामा गम्भीर घाइते १० जनालाई थप उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रिफर गरिएको अर्घाखाँची अस्पतालका निमित्त प्रमुख डा.अशोक शाहले बताउनुभएको छ । अन्य २५ जना घाइतेको अर्घाखाँची अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरी र स्थानीयवासीले घटनास्थलमा उद्धार गरेका थिए । घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । यही घटनामा अरु ३ वटा गाडीमा पनि क्षती भएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
पोखरा–१७, ड्यामसाईड ।

प्रवन्ध निर्देशकः

वि.पी. प्रसाई

व्यवस्थापकद्वयः

लक्ष्मी कुमारी मेधासी प्रसाई,
सावित्री खत्री क्षेत्री लामिछाने

कार्यकारी सम्पादकः

उत्तम प्रसाद अधिकारी

सम्पादकः

रविन कार्की  

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline