मङ्सिर ०७,पोखरा – चितवनको साहारा सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी गरिएको छ।
चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालले आज उनीसहित १० जनाविरुद्ध पक्राउका लागि प्रहरीलाईअनुमति दिएका चितवनका प्रहरी निरीक्षक लक्ष्मण केसीले जानकारी दिनुभयो ।
पक्राउ पुर्जी जारी भएकामा रविसँगै नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीसहित १० जना छन्। उनीहरूविरुद्ध केही दिनअघि मात्रै जाहेरी परेको र सोही आधारमा जाहेरी परेका सबैविरुद्ध पक्राउ पुर्जी जारी भएको चितवन प्रहरीले जनाएको छ।
चितवनको साहारा सहकारीका २४ जना सदस्यले उनीहरूविरूद्ध पुरक जाहेरी दिएका थिए। साहाराबाट गोर्खा मिडियासहित ५ वटा कम्पनीमा रकम गएको पाइएको छ।