सोमवार, पुस २९, २०८१
Monday, January 13, 2025
Home Featured News सामाजिक एबम शैक्षिक व्यक्तित्त्व स्व: टिका बहादुर प्रसाईको ७५ओै जन्म जयन्ति धुमधामले मनाईयो

सामाजिक एबम शैक्षिक व्यक्तित्त्व स्व: टिका बहादुर प्रसाईको ७५ओै जन्म जयन्ति धुमधामले मनाईयो

by sambridhaonline

कार्तिक ३० , पोखरा : पुजनीय वुवा सामाजिक एबम शैक्षिक व्यक्तित्त्व स्वर्गिय टिका वहादुर प्रसाईको ७५औं जन्मजयन्ती विभिन्न कार्यक्रमको साथ सम्पन्न भएको छ । जन्म जयन्तीको अवसरमा वुवाले झण्डै ३ दशक अध्यापन गराईवस्सेको मोदी गाँउपालिका, वडा नं. ५ वाजुङ्ग स्थित श्री विश्वशान्ति आधारभुत विद्यालयमा “विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण, उपकरण सहयोग एवम् सम्मान कार्यक्रम” सम्पन्न भयो । कार्यक्रम अन्र्तगत विद्यालयमा अध्यायनरत २६ जना बालावालिकालाई कपी कलम, विद्यालयलाई एक थान ल्पाटप प्रदान गर्नुको पुजनीय वुवासंगै सो विद्यालयमा अध्यापन गर्नु भएका शिक्षक गुरुहरुलाई सम्मान गरिएको छ । शैक्षिक सामाग्री, उपकरण तथा सम्मानको सम्पूर्ण व्यवस्थापन पुजनीय वुवाको स्मृतीमा स्थापित अमरटिका शिक्षा, स्वास्थ्य एवम् सामाजिक विकास प्रतिष्ठान (अमरटिका प्रतिष्ठान) नेपाल र विश्व प्रसाई वि.पी. स्प्रीच्युएल एण्ड सोसल डेभलपमेन्ट फाउण्डेशन (विश्व प्रसाई वि.पी. फाउण्डेशन) नेपालवाट गरिएको हो ।
कार्यक्रममा वुवाका सहकर्मी शिक्षक एवम् निवर्तमान मोदी गाँउपालिका अध्यक्ष श्री प्रेम शर्मा पौडेल, श्री राम प्रसाद शर्मा, श्री ओम प्रसाद पौडेल, श्री हितमान क्षेत्री, श्री इवानाथ अधिकारी, शर्मा, श्री शोभा कुमारी हमाल र वर्तमान प्रधानध्यापक श्री हिरा कुमारी हमाललाई टिका, दोसल्ला र सम्मानपत्रले सम्पान गरिएको हो । सम्मानित व्यक्तित्वहरुलाई प्रमुख आसनमा रहनु भएका डा. विश्व प्रकाश प्रसाई, विशिष्ट आसनमा रहनु भएका वडा अध्यक्ष श्री मान वहादुर अधिकारी, अमरटिका प्रतिष्ठानका संस्थापक श्री लक्ष्मी कुमारी मेधासी र विश्व प्रसाई वि.पी. प्रतिष्ठान नेपालका संस्थापक श्री सावित्री खत्री क्षेत्री लामिछानेले सामुहिक रुपमा सम्मान गर्नु भएको थियो । यसै गरी सहयोगी प्रतिष्ठान तथा विद्यालयको तर्फवाट स्वर्गिय टिका वहादुर प्रसाईको धर्मपत्नी, हाम्रो पुजनीय मुमाहरु नन्द कुमारी प्रसाई एवम् जोगमायाँ प्रसाईलाई संरक्षकत्व सम्मान गरिएको थियो ।

समारोहमा विद्यालयमा कार्यक्रम आयोजना गरी सहयोग गर्नु भएकोमा सो को व्यवस्थापन मिलाउने अमरटिका प्रतिष्ठान नेपालका संस्थापक श्री लक्ष्मी कुमारी मेधासी र सदस्य श्री संगिता राना मगर तथा विश्व प्रसाई वि.पी. फाउण्डेशन नेपालका संस्थापक श्री सावित्री खत्री क्षेत्री तथा सञ्चालक श्री खिममायाँ पाईजा गिरीलाई टिका, माला, सल र आभार–पत्रले सम्मान गरिएको थियो ।
कार्यक्रममा वोल्दै प्रमुख व्यक्तित्व डा. विश्व प्रकाश प्रसाईले आँफूले जीवनमा जानेर गल्ति कमजोरी नगरेको कारण चाहेक सवै आकांक्षाहरु पुरा भएको वताउनु भयो । स्वर्गिय वुवाले देखाएको मार्ग अनृुसार सँधै सकरात्मक सोच राख्ने, मानव कल्याणमा समर्पित हुँदै आएकोले संधै खुशी र सुखी रहेको वताउनु भयो । कार्यक्रममा विशेष आसनवाट वोल्दै सम्मानित व्यक्तित्व समेतको तर्फवाट मोदी गाँउपालिकको निवर्तमान अध्यक्ष श्री प्रेम शर्मा पौडेलले आँफू दुई पटक गाविस अध्यक्ष र एक पटक पालिका अध्यक्ष हुनुमा स्वर्गिय वुवाले दिएको आर्शिवाद र देखाएको सत्मार्गको भुमिका रहेको वताउनु भयो । उहाँले स्वर्गिय टिकासर नेपाली कांग्रेसको एक हनोहार, इमान्दार र निष्ठावान व्यक्तित्वको रुपमा रहनु भएको वताउनु भयो । कार्यक्रममा वडा अध्यक्ष एवम् नेपाली कांग्रेस वाजुङ्गका सभापति श्री मान वहादुर अधिकारीले उहाँवाट जीवनमा कहिल्यै गल्ति कमजोरी नभएको भन्दै आँफूलाई निजामती सेवामा प्रवेश गराउन ठूलो सहयोग गर्नु भएको वताउनु भयो । कार्यक्रममा वोल्दै नेकपा माओवादी केन्द्र मोदीका सचिव श्री अम्वर वहादुर अधिकारीले स्वर्गिय टिका वहादुर प्रसाईको व्यवहारिक शिक्षा र असल मार्गदर्शन जीवनभर स्मरणमा रहने भन्दै प्रसाईका सन्ततीको कार्यले पनि उहाँको व्यक्तित्व स्पष्ट हुने वताउनु भयो । नेष्डो नेपालका अध्यक्ष श्री रत्न प्रसाद अधिकारीले आँफुहरु सहकर्मी समकक्षी भएको भन्दै उहाँसंगको जीवनको अनुभव व्यक्त गर्न छोटो समयमा संभव नहुने भन्दै उहाँका सवै गुणहरुलाई सन्ततीले अवलम्वन गर्दै आउनु भएकोमा खुशी व्यक्त गर्नु भयो । यसै गरी वाजुङ्ग शैक्षिक प्रतिष्ठानका अध्यक्ष श्री मान वहादुर क्षेत्रीले उहाँवाट आँफूले क ख सिकेको भन्दै ६२ वर्षको अल्पायुमा उहाँलाई गुमाउदै सारा वाजुङ्ग नै टुहुरो भएको वताउनु भयो । उहाँ छोटो उमेरमा गए पनि सन्ततीले उहाँको गुणहरुलाई अवलम्वन गरी समाज सेवामा लागी परेकोमा खुशी व्यक्त गर्नु भयो । कार्यक्रमा मुमा जोगमायाँ प्रसाइवाट अल्पायुमा उहाँलाई गुमाए पनि छोराहरुले उहाँको सामाजिक भावनालाई वचाई राखेकोमा खुशी व्यक्त भयो ।


कार्यक्रम सफल वनाउन सहयोग गर्नु भएकोमा शिक्षक अभिभावक संघका अध्यक्ष श्री चन्द्र प्रकाश पौडेल, विद्यालय सल्लाहकार समितिका संयोजक श्री राम वहादुर हमाल, व्यवस्थापन समितिका पुर्व अध्यक्ष श्री राम प्रसाद पौडेल, समाजसेवी श्री आनन्द प्रसाद पौडेल लगायतलाई सहयोगी संस्थाको तर्फवाट मायाँको चिनोवाट सम्मान गरिएको थियो ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री नीर वहादुर हमालको अध्यक्षता, विद्यालयका सहायक प्रधानध्यापक श्री कोकिलराज शर्माको स्वागत एवम् अमरटिका प्रतिष्ठान नेपालका आजीवन सदस्य एवम् हाम्री सुपुत्री श्री सुश्मा प्रसाईको सञ्चालनमा सम्पन्न भएको थियो ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
पोखरा–१७, ड्यामसाईड ।

प्रवन्ध निर्देशकः

वि.पी. प्रसाई

व्यवस्थापकद्वयः

लक्ष्मी कुमारी मेधासी प्रसाई,
सावित्री खत्री क्षेत्री लामिछाने

कार्यकारी सम्पादकः

उत्तम प्रसाद अधिकारी

सम्पादकः

रविन कार्की  

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline