सोमवार, पुस २९, २०८१
Monday, January 13, 2025
Home Featured News हिजो र आज मात्रै सुनको भाउ तोलामा १८ हजार पाँच सय रुपैयाँले घट्यो

हिजो र आज मात्रै सुनको भाउ तोलामा १८ हजार पाँच सय रुपैयाँले घट्यो

by sambridhaonline

मङ्सिर ११,पोखरा – सुनको भाउ हिजो र आज दुई दिनमा तोलामा १८ हजार पाँच सय रुपैयाँले घटेको छ । सुनको भाउ आज पनि एकैदिन तोलामा दुई हजार ६ सय रुपैयाँले घटेर ताेलाकाे एक लाख ४८ हजार सात सय रुपैयाँका कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुन एकैदिन १५ हजार नौ सय रुपैयाँले घटेर ताेलाकाे एक लाख ५१ हजार तीन सय रुपैयाँमा झरेकाे थियो । केही दिनअघि निरन्तर बढे्को सुनको भाउ हिजो भन्सार महसूल घटेसँगै घट्न थालेको छ ।

त्यस्तै आज चाँदीको भाउ पनि २५ रुपैयाँले घटेको छ । चाँदीकाे भाउ २५ रुपैयाँले घटेर ताेलाकाे एक हजार आठ सय २० रुपैयाँ कायम भएकाे महासङ्घले जनाएको छ ।

सरकारले भारतमा सुनको भन्सार महसूल थोरै रहेका कारण नेपालमा चोरी तस्करी बढ्ने आशङ्काबीच भन्सार महसूल घटाइएको छ । सरकारले सुनमा भन्सार दर २० प्रतिशतबाट १० प्रतिशत र चाँदीमा १५ प्रतिशतबाट १० प्रतिशतमा झारेको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
पोखरा–१७, ड्यामसाईड ।

प्रवन्ध निर्देशकः

वि.पी. प्रसाई

व्यवस्थापकद्वयः

लक्ष्मी कुमारी मेधासी प्रसाई,
सावित्री खत्री क्षेत्री लामिछाने

कार्यकारी सम्पादकः

उत्तम प्रसाद अधिकारी

सम्पादकः

रविन कार्की  

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline