बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News ट्रकको ठक्करबाट पोखराकी सामाजिक अभियन्ता गिभिना मगरकी आमाको मृत्यु

ट्रकको ठक्करबाट पोखराकी सामाजिक अभियन्ता गिभिना मगरकी आमाको मृत्यु

by sambridhaonline

मंसिर १५ , पोखरा – ट्रकको ठक्करबाट पोखराकी सामाजिक अभियन्ता गिभिना मगरकी आमाको मृत्यु भएको छ । पोखरा २५ हेम्जाको याम्दीमा शुक्रबार बेलुकी ट्रकले ठक्कर दिँदा उनकी आमा ५५ वर्षीया धनकुमारी बुढाको मृत्यु भएको हो ।

घान्द्रुकबाट पोखरातर्फ आउँदै गरेको ग२ख १४६० नम्बरको ट्रकले ठक्कर दिँदा गम्भिर घाइते भएकी बुढाको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । धनकुमारी जेब्रा क्रसिङबाटै बाटो काटेको तर दौडिएर सडक पार गरेको सीसी फुटेजमा देखिएको प्रहरीको भनाई छ ।

धनकुमारी श्रीमानसँगै सडक पार गर्न लागेको समयमा उनी भने अगाडि बढेको देखिन्छ । सवारी साधन र सवारी चालक पाँचथर फाल्गुनन्द गाउँपालिका वडा नम्बर ३ घर भई पोखरा १ बगर ४५ बर्षीय पृथी प्रसाद तामाङलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ । घटनाका बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline