बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News पोखरामा मनाइयो अन्तर्राष्ट्रिय अपांगता दिवस

पोखरामा मनाइयो अन्तर्राष्ट्रिय अपांगता दिवस

by sambridhaonline

मंसिर १८, पोखरा – ‘समावेशी र दिगो भविष्यको पूर्वाधार, अपांगता भएका व्यक्तिहरुको प्रवल नेतृत्व यसको आधार’ भन्ने नारासहित यस वर्षको अपांगता दिवस मनाइएको छ । पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाको आयोजनामा अपांगता भएका व्यक्तिहरुको ३३ औँ अन्तर्राष्ट्रिय दिवस पोखरामा ¥यालीसहित कार्यक्रम गरी मनाइएको हो ।

पोखराको चिप्लेढुुंङ्गाको मानव अधिकारचोकाबाट सुुरु भएको ¥याली न्यूरोड हुदैँ सभागृहमा पुुगेर कार्यक्रममा परिणत भएको थियो । ¥यालीमा पोखरामा अपांगताको क्षेत्रमा काम गर्ने संघसंस्थाका प्रतिनिधि र अपांगता भएका व्यक्तिहरुको सहभागिता थियो । कार्यक्रममा पोखरा महानगरपालिकाका उपमेयर मञ्जुुदेवी गुुरुङले महानगरले निर्माण गर्ने पूर्वाधारहरु अपांगमैत्री बनिरहेको बताइन् । महानगर अन्र्तगतका कार्यालयहरु निर्माण भएका भवनहरु अपांगमैत्री बनेका छन् तर ब्यत्तिगत घरमा लागुु गर्न कठिन रहेको बताउदै छलफल गरेर अगाडी बढने उनको भनाई थियो । विगतका वर्षदेखि महानगरले निर्माण गर्ने सबै संरचना अपांगमैत्री बनिरहेको उनले बताइन् । उनले दिवसले अपांगताका क्षेत्रमा भएका समस्या पहिचान गरी र समाधान गर्नेतर्फ ध्यान केन्द्रीत गर्न भुमिका खेलेको जनाइन् । कार्यक्रम गर्दा यस क्षेत्रसंग सम्बन्धित संघसस्थासंग समन्वय गरेका छौ कमीमजोरी भए सच्याएर जानसक्छौ र अपांगता भएका समुदायलाई बाहिर राखेर गरिने विकास पूूर्ण हुन नसक्ने उपप्रमुख गुुरुङले बताइन् ।

गुरुङले अपांगता भएकाहरुलाई हेर्ने व्यवहार, सोच र दृष्टिकोण परिर्वतन हुनुुपर्नेमा जोड दिदै समाजले अपांगता भएका व्यक्तिलाई गर्ने ब्यवहारले धेरै प्रभाव पार्ने उल्लेख गरिन् । उपप्रमुख गुुरुङले महानगरले अपांगता भएका व्यक्तिहरुका लागि ऐन, कानुन निर्माण गरेको र बजेटको समेत व्यवस्था गरेको बताउदै केही कमीकमजोरी भए यस क्षेत्रमा काम गर्ने संघसंस्था र व्यक्तिहरुको सुुझावका आधारमा परिमार्जन गरेर जान सकिने बताइन् ।

कार्यक्रममा पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाका निर्देशक निर्मला शर्मा, कोपिला नेपालका अध्यक्ष विना सिलवाल, लोचना अधिकारी, अन्जना केसी, विष्णु सिग्देल, श्रीकान्त सापकोटा, दृष्टिविहिनहरुको तर्फबाट गिरिधारी सुवेदी, बहिराहरुको तर्फबाट सुनिता थापा, श्रवणदृष्टिविहिनको तर्फबाट पुुष्पराज रिमाल, बौद्धिक अपांगताको तर्फबाट रामनारायण श्रेष्ठ, बहुुअपांगताको तर्फबाट सान्त्वना के.सी, अटिजम केयर सोसाइटीका अध्यक्ष मुुकुन्द लम्साल, मनोसामाजिक अपांगताको तर्फबाट अर्जुुन सुनार लगायतले अपांगता क्षेत्रमा भएका समस्याका बारेमा बोलेका थिए । कार्यक्रम पोखरा महानगरपालिका अपांगता भएकाको सञ्जालका अध्यक्ष गंगाबहादुर खड्काको अध्यक्षतामा भएको थियो ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline