बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News तनहुँमा जीपलाई ठक्कर दिएर पुलबाट खस्यो ट्रक, २ जनाको मृत्यु

तनहुँमा जीपलाई ठक्कर दिएर पुलबाट खस्यो ट्रक, २ जनाको मृत्यु

by sambridhaonline

पौष ०९,पोखरा – पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–१ आँधीखोलामा आज इँटा बोकेको ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ट्रकका चालक उदयपुरका ३० वर्षीय भेषराज पराजुली र सहचालक रौतहटका २८ वर्षीय विजय विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

डुम्रेबाट आँबुखैरेनीतर्फ जाँदै गरेको बा प्र ०१–००१ य १६५९ नम्बरको स्कोरपियो (जीप)लाई विपरीत दिशाबाट आउँदै गरेको ए २–०३००–१ केएच २४४८ नम्बरको ट्रकले ठक्कर दिएको थियो । ठक्करपश्चात् स्कोरपियो सडकमै रहेको र ट्रक पुलको बीचभागबाट खसेर दुर्घटना भएको थियो ।

स्कोरपियोमा सवार चारजना सकुशल रहेका प्रहरीले जनाएको छ । दुर्घटनाग्रस्त ट्रकलाई क्रेनको सहायताले तानिएको प्रहरीले जनाएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline