बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News पोखराको मौसम आज धुम्म,अन्य दिनको तुलनामा आज बढी चिसो महसूस

पोखराको मौसम आज धुम्म,अन्य दिनको तुलनामा आज बढी चिसो महसूस

by sambridhaonline

पौष ०९,पोखरा – हाल देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जसको प्रभावले गण्डकी प्रदेशको राजधानी पोखराको मौसम आज धुम्मिएको छ । अपराहन्न ३:३० बजेसम्म पोखराको मौसम सफा हुन सकेको छैन भने अन्य दिनको तुलनामा आज बढी चिसो महसूस गरिएको छ । गण्डकी, सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा साधारणतया बदली रहेको छ । कोशी र बागमती प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

साथै सुदूरपश्चिम प्रदेशको थोरै स्थान तथा कर्णाली प्रदेशको एक, दुई स्थानमा हल्का वर्षा र हिमपात भइरहेको छ ।

आज दिउँसो गण्डकी, कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थान तथा बागमती र मधेस प्रदेशको एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

साथै गण्डकी, सुदूरपश्चिम, कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थान साथै बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

साथै बिहानको समयमा तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु तथा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उड्डयनमा आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध छ।

यसैबीच मौसममा बदली भएसँगै नेपालमा थप चिसो बढ्ने भएको छ । गत मंसिर अन्तिम साता नेपालमा चिसो अत्यधिक बढेर बिस्तारै घटेकामा सोमबारदेखि पुनः चिसो बढ्न थालेको छ ।

दशमलव दुई डिग्री थियो । अन्य क्षेत्रमा पनि न्यूनतम तापक्रम घट्दो क्रममा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline