बिहिबार, बैशाख १७, २०८३
Thursday, April 30, 2026
Home Featured News नेष्डो वचत तथा ऋण सहकारी संस्थाको २८औं वार्षिक साधारण सभा सम्पन्न

नेष्डो वचत तथा ऋण सहकारी संस्थाको २८औं वार्षिक साधारण सभा सम्पन्न

साधारण सभामा उत्कृष्ठ शेयर सदस्य, ऋणी तथा वचतकर्तालाई सम्मान

by sambridhaonline

पौष २०,पोखरा – पर्वतजिल्लाभर कार्यक्षेत्र रहेको नेष्डो वचत तथा ऋण सहकारी संस्था लिमिटेड कुश्मा पर्वतको २८औं वार्षिक साधारण सभा शुक्रवार कुश्मा पर्वतमा सम्पन्न भएको छ । शुक्रबार सम्पन्न साधारण सभामा उत्कृष्ठ शेयर सदस्य, उत्कृष्ठ ऋणी र वचतकर्तालाई सम्मान गरिएको छ । यसरी सम्मान हुनेहरुमा शेयर सदस्य मध्येवाट डाँसीराम अधिकारी र शोभा श्रेष्ठ, ऋणी मध्येवाट डिल्लीराज अधिकारी र मिना नेपाली र वचतकर्ताहरु मध्येवाट निराजन प्रसाद अधिकारी र सावित्री पौडेल श्रेष्ठ रहनु भएको छ । सम्मानित व्यक्तित्वहरुलाई कार्यक्रमका प्रमुख व्यक्तित्व एवम् सस्थापक अध्यक्ष डा. विश्व प्रकाश प्रसाईले सम्मानपत्र र दोसल्ला ओढाई सम्मान गर्नु भएको छ ।

साथै समारोहमा संस्थामा उत्कृष्ठ काम गर्ने प्रवन्धक सुमित्रा आचार्य, अनिता पौडेल, नम्रता शर्मा र संगिता श्रेष्ठलाई पनि सम्मान गरिएको छ । कार्यक्रममा वोल्दै संस्थापक अध्यक्ष एवम् सामाजिक अभियान्त डाक्टर विश्व प्रकास प्रसाईले सहकारी क्षेत्रमा देखिएका वर्तमान समस्याहरु विगतमा सहकारी सञ्चालनमा सञ्चालक तथा कर्मचारीको नीजि स्वार्थको हावि भएको कारण सृजना भएको भन्दै सहकारी संस्थामा गलत गर्ने जो कोहीलाइ पनि कानूनी सँजाय हुनुपर्ने वताउनु भयो ।

उहाँले सहकारी संस्थावाट कर्जा लिने तर तिर्नु पर्दैन भन्नेहरुलाई पनि अव कारबाही हुनुपर्ने भन्दै जनताको वचतवाट भएको लगानी जुनसुकै हालतमा असुली हुनुपर्ने वताउनु भयो । संस्थाले लाभांश दिन नसकेको प्रति औल्याउदै भाका नाघेको कर्जा उच्च भएकोले सो को कर्जा नोक्सानी व्यवस्था वढन गई लाभांश वितरण गर्न नसकिएको भन्दै सवै मिलेर कर्जा असुली गर्न सकेमा भविस्यमा लगानीको प्रतिफल पाईने वताउनु भयो ।

प्रसाईले जुनसुकै परिस्थिती सृजना भए पनि वचतकर्ताको वचत फिर्ता र लगानीकर्ताको शेयरको सुरक्षाको लागि संस्था व्यवस्थापन सक्षम रहेको वताउनु भयो । कार्यक्रममा नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष सावित्री खत्री क्षेत्री, निवर्तमान अध्यक्ष उत्तम प्रसाद अधिकारी लगायतका वक्ताहरुले सहकारी क्षेत्रमा विद्यमान समस्याहरुको चिरफार गरी कार्यपद्धतीमा परिमार्जन गर्दै अगाडी वढनुपर्नेमा जोड दिनु भयो । साधारण सभाले संस्थाका सचिव प्रेम प्रसाद शर्मावाट प्रस्तुत वार्षिक प्रतिवेदन, कोषाध्यक्ष मायाँ पुरीवाट प्रस्तुत आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक शिव प्रसाद पौडेलवाट प्रस्तुत लेखा सुपरिवेक्षण प्रतिवेदनलाई सर्वसम्मतीले पारित समेत गरेको छ । साथै चालु आर्थिक वर्षको लेखा परिक्षक नियुक्ती र नीजको पारिश्रमिक समेत तोकेको छ । नेष्डो वचत तथा ऋण सहकारी संस्था लिमिटेडको २८औं वार्षिक साधारण सभा अध्यक्ष प्रेम प्रसाद पौडेलको अध्यक्षता, उपाध्यक्ष लक्ष्मी कुमारी मेधासीको स्वागत एवम् सचिव प्रेम प्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको रेडियो समृद्ध सहकर्मी इश्वरी प्रसाद शर्माद्वारा प्रेषित समाचारमा जनाईएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline