मङ्लबार, फाल्गुन ६, २०८१
Tuesday, February 18, 2025
Home Featured News सुदूरपश्चिम र कर्णाली प्रदेशमा पानी पार्ने बादल भित्रियो

सुदूरपश्चिम र कर्णाली प्रदेशमा पानी पार्ने बादल भित्रियो

आज राति सुदूरपश्चिम र कर्णालीका केही ठाउँमा हल्का वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

by sambridhaonline

पौष २२,पोखरा – नेपालको पश्चिमी क्षेत्रमा पानी पार्ने बादल भित्रिन थालेको छ । पश्चिमी वायुको प्रभावले सुदूरपश्चिम र कर्णाली प्रदेशमा पानी पार्ने बादल भित्रिएको हो ।

आज राति सुदूरपश्चिम र कर्णालीका केही ठाउँमा हल्का वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । भोलि भने पूर्वदेखि पश्चिमसम्म नै हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले जानकारी दिनुभयो ।

काठमाण्डौ उपत्यकामा पनि आज रातिदेखि बदली हुने र भोलि दिउँसोदेखि हल्का वर्षाको सम्भावना रहेको उहाँले बताउनुभयो । भोलि कोशी, बाग्मती, गण्डकी र सुदूरपश्चिमका धेरै ठाउँमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । तर कुनै बेला एउटा दिशामा हिँडिरहेको वायु अचानक अन्तै मोडिने तथा निष्क्रिय हुने हुँदा पूर्वानुमान अनुसार वर्षा र हिमपात नहुने मौसमविद्ले बताउँदै आएका छन् ।

वर्षा र हिमपातका कारण आज र भोलि चिसो बढ्ने भएकाले सावधानी अपनाउन मौसमविद्को आग्रह छ । पर्सि बुधवारदेखि मौसममा सुधार आउने मौसमविद् झाले जानकारी दिनुभयो ।

यस्तै तराईमा बाक्लो हुस्सु र कुहिरोका कारण जनजीवन कष्टकर बनेको छ । दिनभर घाम नलागेर चिसो बढेपछि ज्येष्ठ नागरिक, बालबालिकाहरू बढी प्रभावित भएका छन् ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
पोखरा–१७, ड्यामसाईड ।

प्रवन्ध निर्देशकः

वि.पी. प्रसाई

व्यवस्थापकद्वयः

लक्ष्मी कुमारी मेधासी प्रसाई,
सावित्री खत्री क्षेत्री लामिछाने

कार्यकारी सम्पादकः

उत्तम प्रसाद अधिकारी

सम्पादकः

रविन कार्की  

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline