मङ्लबार, फाल्गुन ६, २०८१
Tuesday, February 18, 2025
Home Featured News सूर्यदर्शन सहकारी प्रकरणमा सरकारी वकिलको जवाफी बहस सकियो

सूर्यदर्शन सहकारी प्रकरणमा सरकारी वकिलको जवाफी बहस सकियो

by sambridhaonline

पौष २५,पोखरा – पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका सबै प्रतिवादी, उनीहरूका कानूनी प्रतिनिधि र सरकारी वकिल सबैको बहस सकिएको छ ।

आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, छविलाल जोशी, मिना गुरुङ, रामबहादुर खनाल, लीला पछाईं, आरती गुरुङ र कृष्णबहादुर गुरुङलाई पनि आफ्ना कुरा राख्न अदालत पुर्‍याइएको प्रहरीले जनाएको छ । प्रतिवादीहरूले आफ्ना कुरा राखेका छन् ।

यसै क्रममा रवि लामिछानेले आफूलाई थुनाबाहिरै बसेर पुर्पक्ष गर्ने व्यवस्था मिलाइदिन आग्रह गर्नुभएको छ । आफू बाहिरै रहेर पनि कानूनी प्रक्रियालाई सहयोग गर्ने र पीडितको बचत फिर्ता ल्याउन पहल गर्ने लामिछानेले भन्नुभएकाे छ । आफूले गृहमन्त्री हुँदा पनि शक्ति दुरुपयोग नगरेकाले अब झनै दुरुपयोग गर्ने अवस्था नरहेको उहाँको भनाइ छ ।

यो मुद्दाको आजै आदेश आउने सम्भावना छ । सुरक्षा व्यवस्था कडा बनाइएको प्रहरीले जनाएको छ । न्यायाधीश नीतिज राईको इजलासमा यही पुस १६ गतेदेखि यो मुद्दाका सात जना प्रतिवादीको थुनछेक बहस भइरहेको छ ।

यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमासमेत मुद्दा लागेको छ ।

सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा चलाएको छ । लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमा समेत मुद्दा चलाइएको छ । लामिछानेसँगै खनाल, जोशी र पछाईंविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
पोखरा–१७, ड्यामसाईड ।

प्रवन्ध निर्देशकः

वि.पी. प्रसाई

व्यवस्थापकद्वयः

लक्ष्मी कुमारी मेधासी प्रसाई,
सावित्री खत्री क्षेत्री लामिछाने

कार्यकारी सम्पादकः

उत्तम प्रसाद अधिकारी

सम्पादकः

रविन कार्की  

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline