बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News देशभर आज माघेसङ्क्रान्ति पर्व मनाइँदै

देशभर आज माघेसङ्क्रान्ति पर्व मनाइँदै

by sambridhaonline

माघ १ ,पोखरा – देशभर आज माघेसङ्क्रान्ति पर्व मनाइँदैछ । आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, बाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका ठाउँमा माघ स्नान गर्ने भक्तजनको घुइँचो लागेको छ ।
थारू समुदायले माघ १ गतेलाई माघी पर्व एवम् नयाँ वर्षका रुपमा मनाउँदै छन् । तराईवासीले नहान अर्थात् नुहाउने पर्वका रूपमा मनाउँछन् । आज सरकारले सार्वजनिक विदा दिएको छ ।

माघेसङ्क्रान्ति दिन आज देवघाटधाममा नुहाउन जाने तीर्थालुको घुइँचो लागेको छ । तीर्थालुको सुविधाका लागि गैँडाकोटबाट निःशुल्क डुङ्गाको व्यवस्था गरिएको छ ।नवलपरासी (बर्दघाट–सुस्तापूर्व), तनहुँ र चितवनमा पर्ने कालीगण्डकी र त्रिशूली नदीको सङ्गमस्थल देवघाटको बेनीमा स्नान गर्न जाने गैँडाकोट–३ नम्बर वडा कार्यालयले निःशुल्क डुङ्गाको व्यवस्था गरेको हो ।गैँडाकोट नगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर तीनका वडाध्यक्ष शिवकान्त तिवारीले कालीगण्डकी नदीको केलादीघाटबाट बेनीमा जानका लागि निःशुल्क र्‍याफ्टिङ डुङ्गाको व्यवस्था गरिएको बताउनुभयो । उहाँका अनुसार नवलपुरतर्फबाट सहज रूपमा यात्रा गर्न सकिने भएको छ ।

गैँडाकोटको ब्रिटिस क्याम्प हुँदै देवघाट बेनीको वारिपट्टि केलादीघाट पुगिने र त्यहाँबाट पारि जान निःशुल्क डुङ्गा उपलब्ध गराइएको उहाँले बताउनुभयो । स्नान गरेर फर्किने तीर्थालुका लागि केलादीघाटमा सुरक्षित स्नानघाट निर्माण गरिएको छ । बेनी सङ्गममा स्नान गर्ने भक्तजनका लागि केलादीघाटबाट निःशुल्क डुङ्गामा जाने व्यवस्था गरिएको छ ।डुङ्गा सञ्चालकसँग सम्झौता गरिएको र उनीहरूलाई वडा कार्यालयले नै शुल्क भुक्तानी गर्ने वडाअध्यक्ष तिवारीले बताउनुभयो ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline