शुक्रबार, माघ ३, २०८२
Friday, January 16, 2026
Home Featured News रविलाई ६० लाख धराैटीमा रिहा गर्न काठमाण्डाै जिल्ला अदालतकाे आदेश

रविलाई ६० लाख धराैटीमा रिहा गर्न काठमाण्डाै जिल्ला अदालतकाे आदेश

by sambridhaonline

माघ २ ,पोखरा – काठमाण्डौ जिल्ला अदालतले पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

थुनछेक बहस सकिएपछि न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई ६० लाख रुपैयाँ धरौटी बुझाउन आदेश दिएको हो । बहस सकिएपछि अदालत परिसरबाहिर सहकारी पीडितका एक वकिल दिनेश त्रिपाठीमाथि हातपात भएको भिडियो सार्वजनिक भएको भियो ।

यसअघि कास्की जिल्ला अदालतले ६५ लाख रुपैयाँ धरौटी लिएर पुर्पक्षका लागि तारिखमा राख्न आदेश दिएपछि पुस २५ गते हिरासतमुक्त भएका लामिछाने २८ गते काठमाण्डौ जिल्ला अदालतमा उपस्थित भएका थिए ।

कास्कीमा लामिछानेविरुद्ध पोखरामा रहेको सूर्यदर्शन सहकारी संस्थाको बचत रकम दुरुपयोगसहित सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा अहिले पनि विचाराधीन छ । काठमाण्डौमा लामिछानेविरुद्ध स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत अपचलन र सङ्गठित अपराधसम्बन्धी मुद्दा परेको छ । लामिछानेविरुद्ध सहकारी सदस्यहरूकाे एक अर्ब १९ करोड ९५ लाख रुपैयाँ बचत रकम अपचलन गरेको आरोप छ ।

लामिछानेमाथि कास्की र काठमाण्डौबाहेक रुपन्देही, चितवन र पर्सामा पनि सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी अनुसन्धान चलिरहेको छ । ती जिल्लाहरूमा पनि लामिछानेविरुद्ध चाँडै अभियोगपत्रहरू दर्ता हुने सम्बन्धित जिल्लाका सरकारी वकिल कार्यालयहरूले जनाएका छन् ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline