शुक्रबार, साउन १५, २०८३
Friday, July 31, 2026
Home Featured News हिजो बाट पोखरा-१५ ,मा तेस्रो बृहत् खेलकुद महोत्सव सुरू

हिजो बाट पोखरा-१५ ,मा तेस्रो बृहत् खेलकुद महोत्सव सुरू

मेयर आचार्य द्वारा उद्घाटन

by sambridhaonline

माघ ०३,पोखरा – पोखरा वडा नं. १५ मा बृहत् खेलकुद महोत्सव बुधबारदेखि सुरु भएको छ। पोखरा महानगरपालिका वडा नं –१५ द्वारा आयोजित वडास्तरीय चार दिने बृहत् खेलकुद महोत्सव बन विज्ञान क्याम्पसको खेल मैदानमा सुरु भएको हो । यो तेस्रो खेल महोत्सव हो ।

वडावासीहरूको व्यापक सहभागिताका बीच महोत्सवको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले खेलकुदले सम्पूर्णलाई राष्ट्रिय एकतामा ल्याउन मद्दत गर्ने बताउनुभयो ।

अन्य विषयहरूमा मतभेद रहेपनि, फरक विचार रहेपनि खेलकुदले एकै नियममा बाँध्ने भन्दै मेयर आचार्यले खेलकुदले व्यक्तिगत स्वास्थ्य सँगसँगै समाजलाई पनि सकारात्मक ऊर्जा प्रदान गर्ने बताउनुभयो ।

पोखराका वडाहरूमध्येमा खेलकुद क्षेत्रमा १५ नम्वर वडाले गरेको नेतृत्व प्रशंसनीय रहेको बताउँदै मेयर आचार्यले सबै उमेर समूहका वडाबासीलाई खेलकुद मार्फत् एकै ठाउँमा ल्याई नमूना कार्य गरेकोमा वडाअध्यक्ष तोरण बहादुर बानियाँ र खेल संयोजक एवं वडा सदस्य आशिष भण्डारीलाई धन्यवाद दिनुभयो।

पोखरा वडा नं. ९ का अध्यक्ष दीपेन्द्र मर्सानीले खेलकुद स्थलको अभावले आफूले यस्ता कार्यक्रमहरू गर्न नसकेपनि वडा नं. १५ सँग सहकार्यमा अघि बढ्न सक्ने बताउँदै आफूले हरतरहले साथ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

आयोजक वडाका अध्यक्ष तोरण बहादुर बानियाँले खेलकुद महोत्सवले यहाँस्थित आमा समूह, टोल विकास संस्था र युवा क्लबहरू बीचमा आपसी सहयोग, चिनजान तथा भाइचाराको विकास गरेकाले यसलाई निरन्तरता दिइएको बताउनुभयो ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline