शुक्रबार, साउन १५, २०८३
Friday, July 31, 2026
Home Featured News पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त आज

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त आज

प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति ओली आउने

by sambridhaonline

माघ ०३,पोखरा- पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह आज हुदैछ । प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीको उपस्थितिमा समारोह हुन लागेको हो ।

समारोहमा मेडिकल विज्ञान संकाय पोस्टग्र्याजुएट (चिकित्सा डाक्टर शल्यचिकित्सा स्नातकोत्तर, एमडी एमएस) का प्रथम र दोस्रो ब्याचका ४३ विद्यार्थी दीक्षित हुनेछन । कार्यक्रम पोखरा नर्सिङ क्याम्पसको प्राङ्गणमा दिउँसो साढे १२ बजे सुरु हुनेछ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, साविक पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखराको भौतिक संरचना र स्वास्थ्य सेवाको सुदृढ आधारमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७२ बमोजिम स्थापना भएको हो। प्रतिष्ठान चिकित्सा शिक्षा सम्बन्धी जनशक्ति उत्पादन र सेवाग्राहीको उपचारलाई प्रभावकारी बनाउन प्रयत्नशील छ।

दीक्षान्त समारोहमा प्रतिष्ठान सभाका सदस्य, जनप्रतिनिधि, विभिन्न विश्वविद्यालयका पदाधिकारी, उच्च प्रशासक, विद्यार्थी, अभिभावक र अन्य विशिष्ट व्यक्तित्वको सहभागिता रहने प्रतिष्ठानले जनाएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline