मङ्लबार, फाल्गुन ६, २०८१
Tuesday, February 18, 2025
Home Featured News म्याग्दीलाई उज्यालो जिल्ला घोषणा गर्ने तयारी

म्याग्दीलाई उज्यालो जिल्ला घोषणा गर्ने तयारी

by sambridhaonline

माघ ०७,पोखरा- ९५ प्रतिशतभन्दा धेरै घरपरिवारमा बिजुलीको सुविधा पुगेपछि म्याग्दीलाई उज्यालो जिल्ला घोषणा गर्ने तयारी भएको छ ।

सबै घरपरिवारमा केन्द्रीय लाइन, लघुजलविद्युत् र सौर्य ऊर्जाको पहुँच पुगेकाले गण्डकी प्रदेश सरकारको मापदण्डअनुसार उज्यालो जिल्ला घोषणा गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले जनाएको छ ।

राष्ट्रिय जनगणनाको प्रतिवेदन र कार्यालयले गरेको सर्वेक्षणका क्रममा म्याग्दीका सबै घरमा कुनै न कुनै किसिमको विद्युत् सुविधा पुगेको भन्दै कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर झलकमोहन ओझाले पालिकामार्फत तथ्याङ्कलाई पुष्टि गरेर उज्यालो जिल्ला घोषणा गर्न लागिएको बताउनुभयो ।

केन्द्रीय लाइन र लघुजलविद्युत् परियोजना नभएका कुनै घर भएमा सौर्य ऊर्जा जडानका लागि प्रदेश सरकारले ७५ प्रतिशत अनुदान उपलब्ध गराउने विषयमा पनि पालिकामार्फत जानकारी गराइएको कार्यालय प्रमुख ओझाले बताउनुभयो ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
पोखरा–१७, ड्यामसाईड ।

प्रवन्ध निर्देशकः

वि.पी. प्रसाई

व्यवस्थापकद्वयः

लक्ष्मी कुमारी मेधासी प्रसाई,
सावित्री खत्री क्षेत्री लामिछाने

कार्यकारी सम्पादकः

उत्तम प्रसाद अधिकारी

सम्पादकः

रविन कार्की  

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline