माघ ०७,पोखरा – पोखराको अमरसिंह चौरमा १० दिनसम्म चलेको १३ औं संस्करणको पोखरा महोत्सव सकिएको छ । गत पौष २५ गतेबाट सुरु भएको महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले समापन गर्नुभएको हो । महोत्सव समापन समारोहमा बोल्दै प्रमुख आचार्यले पोखराको अर्चलेमा कवि शिरोमणि लेखनाथ पौड्यालले अध्ययन गरेका विद्यालयलाई आवासीय विद्यालयका रुपमा विकास गर्न युनाईटेड क्लवले काम सुरु गरेको बताउँदै उक्त कार्यमा महानरपालिकाको सहकार्य रहने आश्वासन दिनुभयो ।
विगतका वर्षहरुमा जस्तै १३ औँ पोखरा महोत्सवलाई पनि दर्शकहरुको साथ उत्तिकै पाएको आयोजक क्लवका अध्यक्ष लोक बहादुर थापाले बतानुभयो । उहाले पोखराको कला, संस्कृति, भेषभुषाको संरक्षणका साथमा स्वास्थ्य, खेलकुद तथा पर्यटनको विकासमा युनाईटेड क्लवले महत्वपुर्ण भुमिका खेल्दै आईरहेको बताउनुभयो । प्राकृतिक विपत्तीमा समेत उल्लेख्य भुमिका निर्वाह गर्दै आएको युनाईटेड क्लवले गतवर्षदेखि पोखराको अर्चलेमा आवासीय छात्रावास शिलान्यास गरी शिक्षामा समेत काम गर्न थालेको बताउनुभयो ।
महोत्सवको अन्तिम दिन आज लोकदोहोरी तर्फ चोलेन्द्र पौडेल, रामजी पौडेल, तुलसा क्षेत्री, ममता तामाङ, इन्द्रा गुरुङ लगायतको प्रस्तुती दिएका छन् । यस्तै अहिले साँझ १३ औँ पोखरा महोत्सवको अन्तिम लाईभ कन्सर्टका रुपमा जेम्सीले प्रस्तुती दिदैछन् ।
यसअगाडी हिजो आइतबार महोत्सवमा रचना रिमालको प्रस्तुतीमा पाखरेलीहरूले भरपुर मनोरञ्जन लिएका थिए। महोत्सव समापनसम्म आईपुग्दा दर्शकहरुको उल्लेख्य सहभागीता देख्न सकिन्थ्यो । महोत्सवमा राखिएको स्टलमा समेत अपेक्षाअनुसार नै ब्यापार भएको आयोजकले जनाएको छ । महोत्सवको आयव्यय तथा दर्शकसंख्या भने सार्वजनिक हुन बाँकी छ ।