बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News एमाले छोड्ने को लर्को:- भीम रावललाई साथ दिने भन्दै ५९ जनाले छाडे एमाले

एमाले छोड्ने को लर्को:- भीम रावललाई साथ दिने भन्दै ५९ जनाले छाडे एमाले

by sambridhaonline

माघ ०७,पोखरा – भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान, नेपाललाई समर्थन गर्दै ५९ एमाले कार्यकर्ताले पार्टी छोड्ने घोषणा गरेका छन्।

संयुक्त विज्ञप्ति निकाल्दै उनीहरुले रावलको साथमा रहने घोषणा गरेका हुन्।
विज्ञप्तिमा एमाले छोड्नेमा केन्द्रीय पर्यटन विभाग सदस्य रमेश बहादुर कुँवर, नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्यहरु चक्र रावल, जंग विक, केशर मियाँ, निर्मला रावललगायत रहेका छन्।

एमालेले अनुशासन उल्लंघन गरेको भन्दै भीम रावललाई गत पुस १० गतेको सचिवालय बैठकले पार्टीबाट निष्कासन गरेको थियो।

विज्ञप्तिमा उनीहरुले समाजवाद त टाढाको कुरा भयो, देशभक्ति र जनताप्रतिको प्रतिवद्धता समेत नष्ट गरिएको आरोप लगाएका छन्। उनीहरुले कम्युनिष्ट र समाजवादका विरोधीहरुसँग घाँटी जोड्दै पार्टीलाई सिद्धान्तहीन, आदर्शहीन र गन्तव्यहीन यात्रामा धकेल्ने केपी ओली गुटको नेतृत्वमा इमान्दार र देशभक्त सदस्यहरुले बसिरहनुको कुनै औचित्य नभएको उल्लेख गरेका छन्।

उनीहरुले भीम रावलको योगदानको अवमूल्यन गर्दै पार्टीको अध्यक्षमा प्रतिस्पर्धा गरेकै कारण र राष्ट्रिय स्वाधीनता, स्वाभिमान र समृद्धीको पक्षमा तथा भ्रष्टाचारविरूद्ध आवाज उठाएकै कारण सदस्यता ओली समूहले खाएको उनीहरूको दाबी गरेका छन्।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline