माघ १२,पोखरा – स्याङ्जा प्रहरीले विद्यालयको कोठामा १५ वर्षीया किशोरीलाई बालयौन दुरुपयोग गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाणगङ्गा वडा नं – ५, कपिलवस्तु, लुम्बिनीका ३१ वर्षीय नरेश चौधरी रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिए ।
गत पुस २६ गते ती किशोरीलाई विद्यालयको कोठामा करणी गर्ने मनसायले बालयौन दुरुपयोग गरेको हुँदा क्षतिपूर्ति समेत दिलाई भराई पाउँ भन्ने जाहेरीका आधारमा चौधरीलाई बिहिबार चितवनबाट पक्राउ गरिएको डिएसपी पौडेलले बताए ।
पक्राउ परेका चौधरीमाथि बालयौन दुरुपयोग सम्बन्धी मुद्दामा स्याङ्जा अदालतबाट म्याद थप अनुमति लिएर आवश्यक अनुसन्धान अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।