मङ्लबार, फाल्गुन ६, २०८१
Tuesday, February 18, 2025
Home Featured News भारतमा रेल दुर्घटनामा ज्यान गुमाउने ७ जना नेपालीको परिचय खुल्यो

भारतमा रेल दुर्घटनामा ज्यान गुमाउने ७ जना नेपालीको परिचय खुल्यो

by sambridhaonline

माघ ११,पोखरा – भारतमा रेल दुर्घटनामा ज्यान गुमाउने ७ जना नेपालीको परिचय खुलेको छ । गएको बुधवार बेलुकी महाराष्ट्रको जलगाउँ जिल्लाको परधाडे स्टेशन नजिकै रेल दुर्घटना हुँदा ७ जना नेपालीसहित १२ जनाको ज्यान गएको थियो ।

परराष्ट्र मन्त्रालयका अनुसार रेल दुर्घटनामा ज्यान गुमाउने नेपालीहरूमा कैलालीका ४३ वर्षीया कमला नवीन भण्डारी र ४० वर्षीय लछिराम पासी तथा अछामको मंगलसेनका ११ वर्षीय हिमु नन्दराम विश्वकर्मा, ४४ वर्षीय नन्दराम पद्म विश्वकर्मा, ४२ वर्षीया मैसारा कामी विश्वकर्मा रहेका छन् । यस्तै रेल दुर्घटनामा अछामकै कमलबजारकी ६० वर्षीया कला कामी र बाँकेको डुँडुवाको ३२ वर्षीय राधेश्याम राधको ज्यान गएको छ ।

दुर्घटनामा घाइते भएका ४ नेपालीमध्ये ३ जनाको स्थानीय अस्पताल र १ जनाको गोदावरी अस्पताल जलगाउँमा उपचार भइरहेको परराष्ट्र मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख छ । ज्यान गुमाएका नेपालीहरूको शव नेपाल ल्याउन तथा घाइतेहरूको शीघ्र उपचार गर्नका लागि पहल भइरहेको मन्त्रालयले जनाएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
पोखरा–१७, ड्यामसाईड ।

प्रवन्ध निर्देशकः

वि.पी. प्रसाई

व्यवस्थापकद्वयः

लक्ष्मी कुमारी मेधासी प्रसाई,
सावित्री खत्री क्षेत्री लामिछाने

कार्यकारी सम्पादकः

उत्तम प्रसाद अधिकारी

सम्पादकः

रविन कार्की  

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline